हराइरहेका दुई बालकको शव भेटियो


हराइरहेका दुई बालकको शव भेटियो

गुलरिया(बर्दिया) ७ असोज : बर्दियाको बाँसगढीमा बिहीबार दिउँसो देखि हराइरहेका २ जना बालक मृत अवस्थामा फेला परेका छन् ।

बाँसगढी नगरपालिका वडा नम्बर–माछागढका ९ वर्षीय विकल्प विक र सोही स्थानका ७ वर्षीय रोशन खत्रीको शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दीयाले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार स्थानीय ग्याङ नदिमा नुहाउन गएका ती दुवै जना बालक विहीबार रातीसम्म घर नआएपछि ईलाका प्रहरी कार्यालय मोतिपुरमा खबर गरिएको थियो । हराएका दुवै जना बालकको शव सोही खोलाको किनारमा शुक्रबार विहान फेला परेको हो ।

घरबाट समेत थाहा नदिएर गएका दुवै जना बालक सो खोलामा पौडी खेल्ने क्रममा डुवेको हुन सक्ने प्रहरी जनाएको छ । घटनाको विषयमा अनुसन्धान भैरहेको जनाइएको छ ।