खाना खाएर सुत्ने क्रममा घरबाटै हराएका निशा र बन्दना अझैं गुमनाम


खाना खाएर सुत्ने क्रममा घरबाटै हराएका निशा र बन्दना अझैं गुमनाम

राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ निवासी निशा परियार र बन्दना बिक ।

नेपालगन्ज १० असोज : बाँकेको कुसुममा घरबाटै हराएका २ बालिका अझै फेला परेका छैनन् ।

दाङसँग सीमा जोडिएको बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर –१ कुसुम बैरिया निवासी ११ वर्षीया बन्दना बिक र निशा परियार यही असोज ४ गते राती घरबाटै हराएका थिए ।

घरबाटै हराएको एक हप्ता पुगिसक्दा पनि उनीहरु अझैं फेला पर्न सेका छैनन् । ‘आफन्त अनि सम्भावित स्थान सबैतिर खोजी गर्दा पनि उनीहरु कतै फेला पर्न सकेनन्’ आफन्त बिक्रम नेपालीले बताए ।

परिवारका अनुसार मंगलबार(असोज ४गते) बेलुका करिव ८ बजेतिर घरमा खाना खाएर सुत्ने क्रममा उनीहरु एक्कासी हराएका थिए । बालिका हराएको दुई दिनपछि बिहीबार मात्रै परिवारले ईलाका प्रहरी कार्यालय कुुसुममा निवेदन दर्ता गराएका थिए । ईप्रका कुसुमले परिवारसँग बालिकाको फोटो मागेर हुलिया सहितको विवरण ईलाका प्रहरी कार्यालय कोहलपुरमा पठाएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रहरीले हराएका बालिकाको अवस्था अहिले सम्म पत्ता लगाउनै सकेको छैन । बालिकाको खोजी गर्नमा प्रहरीले खासै चासो नदेखाएको स्थानीयले बताएका छन् ।

यस्तै परिवारले पनि खोज तलास गर्न खेलाची गरेको स्थानीयको आरोप छ । ‘प्रहरीले सक्रियताका साथ खोजी गरेन्, परिवार पनि संवेदनशील भएको देखिन्न,’ कुसुमका स्थानीयले भने ।

दुबै बालिकाको आमा दोस्रो बिबाह गरेर अन्यत्रै गएका छन् । बुवाले दोस्रो बिबाह गरेपछि निशा माउली हजुरबुवासँग र बन्दना कान्छी आमा तथा हजुरआमासँग बस्दै आएकी थिइन् ।

आफन्तका अनुसार निशाले स्थानीय कुसुमेश्वर माध्यामिक बिद्यालयको कक्षा ४ र बन्दनाले सोही बिद्यालयको कक्षा ३ मा पढ्थ्ये । हराएका मध्येका एक बालिका केही समय अगाडी आफ्नी आमासँग पोखरा गएकी थिइन् । पोखराबाट फर्केपछि उनले समय समयमा पोखरातिर फोन गर्थिन् ।

कतै उनैले साथीलाई लिएर पोखरा गएकी त छैनन् ? भन्ने परिवारको आशंका रहेको छ । त्यही आशंकाले गर्दा परिवारका सदस्यहरु खोजी गर्न पोखरातिर गएको प्रहरीले जनाएको छ । तर, रातको समय, त्यसमा पनि नाबालिकाहरु एक्लै पोखरा जाने कुरा असम्भव छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले घटनाको अनुसन्धान भइरहेको बताउँदै परिवारका सदस्यहरु बालिकाहरुको खोजी गर्न पोखरातर्फ गएको जानकारी आफुले पाएको बताए ।

थप समाचार

खाना खाएर सुत्ने क्रममा निशा र बन्दना घरबाटै हराए