पहिरोले लमही–घोराही प्रसारण लाइनको १८ नम्बर टावर ढाल्यो


पहिरोले लमही–घोराही प्रसारण लाइनको १८ नम्बर टावर ढाल्यो

नेपालगन्ज २२ असोज : अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ । शुक्रबार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत लमही नगरपालिका–६, बेल्दामारस्थित १८ नम्बर टावर ढालेको हो ।

प्रसारण लाइन ढलेपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति अवरोध भएको थियो । प्राधिकरणले अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत् दिएको छ । प्राधिकरणले हापुरे सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायत क्षेत्रका घरायसी ग्राहकलाई विद्युत् उपलब्ध गराएको हो । त्यस क्षेत्रमा धेरै विद्युत् खपत गर्ने सिमेन्ट उद्योग छन् ।

Kids Festival 2022
kanti aarogya hospital

प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेपछि आपतकालीन पुनस्र्थापना प्रणाली (ईआरएस) अन्तर्गतको टावर जडान गरी विद्युत् आपूर्ति गराउनेछ । ईआरएस टावर जडानका लागि सर्वेक्षण टोली खटाइएको छ । टावर जडान गर्न केही दिन लाग्ने छ ।