जुम्ला पहिरो अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो


जुम्ला पहिरो अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो

File Photo

नेपालगन्ज २२ असोज : जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका सातजनाको मृत्यु भएको छ । पहिरोमा परेर दुईजना गम्भीर घाइते भएका छन् ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

‘बिहान चार बजे पहिरोले घर पुरिएको खबर प्राप्त भएको छ, घर पुरिँदा सबैजना सुतिरहेका रहेछन्, उम्किनै पाएनन्’, उनले भने, ‘प्रहरी र स्थानीयले सातै जनाको शव निकालेका छन्, घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ ।’

जुम्लामा वर्षा भइरहेको छ । घट्नास्थलमा पुग्ने सडक सबै भत्किएको छ । जिल्ला सुरक्षा समितिको टोली पैदल घट्नास्थलतर्फ जाँदै गरेको डीएसपी चन्दले बताए । ‘हामी सबै बाटोमै छौँ, सडक बनाउँदै अघि बढ्दै गरेको अवस्था हो’, उनले भने,‘साँझसम्म घट्नास्थलमा पुग्ने आश गरेका छौँ ।’

Kanti Aarogya Hospital Nepalgunj

सदरमुकामबाट चिकित्सकसमेत साथमा लिएर जान लागेको डीएसपी चन्दले बताए । वर्षाका कारण जिल्लाभर टेलिफोन सेवासमेत अवरुद्ध भएको छ ।

थप समाचार

जुम्लामा पहिरो : एकै परिवारका ५ जनाको मृत्यु, २ जना बेपत्ता