चट्याङ लागेर घाईते बनखेतका बृद्धको मृत्यु


चट्याङ लागेर घाईते बनखेतका बृद्धको मृत्यु

नेपालगन्ज २४ असोज : चट्याङ लागेर गम्भीर घाइते भएका बाँके बैजनाथ गाउँपालिका–३ बनखेतका एक जना वृद्धको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आईतबार दिउँसो १२.२६ बजेको समयमा बैजनाथ गाउँपालिका ३ बनखेतस्थित आफ्नो घरदेखि दुई किलोमिटर उत्तरतर्फ गोठालो गएका ६८ वर्षीय कालिबन बस्नेत चट्याङ परी गम्भीर घाइते अवस्थामा भेटिएका थिए ।

घाइते बस्नेतलाई तत्काल उपचारका लागि नेपालगन्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा पु¥याइए पनि उनको अवस्थामा सुधार नआएपछि आईतबार साँझ साढे ७ बजे नेपालगन्ज नर्सिङ होममा रेफर गरिएको थियो ।

बस्नेतको सोमबार बिहान ४ बजे मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

यसैबीच, अविरल वर्षा र चट्याङले गरेको क्षतिको बैजनाथ गाउँपालिकाका जनप्रतिनिधीले निरीक्षण गरेका छन् । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय तथा वडा तहका जनप्रतिनिधीले निरीक्षण गरेकी हुन् ।

अध्यक्ष शाही र उपाध्यक्ष रोकायले बैजनाथ गाउँपालिकाको विभिन्न वडामा पुगेर निरीक्षण गरिरहेका छन् ।

गाउँपालिकाको विभिन्न वडामा भएको क्षतिले आफुहरुलाई अत्यन्तै दुःखी बनाएको बैजनाथ गाउँपालिकाका जनप्रतिनिधीले बताएका छन् । तत्कालको लागि स्थानीय सरकारबाट राहतका लागि आवश्यक निर्णय गर्ने गाउँपालिका कार्यालयको तयारी छ ।