बाँकेका ४ जना खैरो हिरोइनसहित बर्दियामा पक्राउ


बाँकेका ४ जना खैरो हिरोइनसहित बर्दियामा पक्राउ

नेपालगन्ज २५ असोज: बर्दिया प्रहरीले ४.७ ग्राम लागूऔषध खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका–४ का सिमोन विक र ललित भुजेल तथा खजुरा गाउँपालिका–१ का भानु सिग्देल र नेपालगन्ज उपमहानगरपालिका–४ का राजेश विक रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका –२ फुटाह स्थित दशगजा क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता हिक्मत बहादुर कार्कीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि बर्दिया जिल्ला अदालत गुलरियाबाट लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।