ढुंगा खस्दा चौलागाईको घर पूर्ण रुपमा क्षती


ढुंगा खस्दा चौलागाईको घर पूर्ण रुपमा क्षती

नेपालगन्ज २५ असोजः कालीकोटमा १३ जना मलामीको ज्यान गएको घटनाको पीडा नसेलाउँदै खाडाचक्र– ८ ऐछेनास्थित एक घर पहिरोका कारण पूर्ण रुपमा पुरिएको छ ।

लगातार पानी परिरहेकै बेला सोमबार अपरान्ह ४ बजे माथिबाट ठुलो ढुंगा खस्दा सरोज चौलागाइको दुई तले ढुंगाको घर पुरिएको हो ।

गोठसहितको सो घर पुरिएपछि १५ वटा खसी, बाख्रा, ६ वटा गाई, गोरु र १० बोरा धानसहितको सम्पूर्ण सरसामान पुरिएको छ ।

पानी परिरहेका बेला चार जनाको परिवार घर भित्रै रहेपनि घरको माथिल्लो भागमा रहेको ठूलो ढुंगा खस्न लाग्दा धुुवा आएपछि छिमेकीले देखेर आवाज दिएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

ढुंगा खस्नै लाग्दा २३ वर्षिय चौलागाईले दुई बच्चासहित परिवारलाई बाहिर तानेर सुरक्षित राखेको स्थानीयलाई उदृत गर्दै समाजसेवी एवं यूवा नेता किरण चौलागाईले जानकारी दिए ।

घर भत्किएपछि उनीहरु अहिले आफन्तको शरणमा रहेका छन् । पहिरो आउने क्रम जारी रहेकाले सो क्षेत्र अहिले पनि जोखीमपूर्ण रहेको चौलागाईले बताए ।