बाँकेको अगैया नजिक जीप दुर्घटनाः चालकको मृत्यु, तीन जना घाइते


बाँकेको अगैया नजिक जीप दुर्घटनाः चालकको मृत्यु, तीन जना घाइते

नेपालगन्ज २६ असोज : बाँकेको राप्तीसोनारी गाँउपालिका–२ अगैया नजिक झुरीखोलामा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भने जीपमा सवार ३ जना यात्रु घाइते भएका छन् ।

काठमाडौँ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२८ च ००४४ नम्बरको टाटासुमो जीप आज(बुधबार) बिहान सवा ७ बजे अनियन्त्रीत भएर पल्टिँदा चालकसहित ४ जना घाइते भएका थिए ।

जीप दुर्घटनामा परि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडाको मृत्यु भएको हो ।

घाइतेहरूलाई उपचारको लागी मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारकै क्रममा चालकको भने बिहान ८ बजे मृत्यु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

घाइते भएका मध्ये वीरेन्द्रनगर नगरपालिका ७ का २२ वर्षीय शिशीर ज्ञवालीको अवस्था गम्भीर रहेको छ भने अन्य २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घाइते हुनेहरुमा मृतक खतिवडाका दुई छोरी १६ वर्षीया रञ्जना र २३ वर्षीया सुमिता खतिवडा रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको र तीनै जनाको अहिले मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।