नेपालगन्ज २७ असोज : आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागी बाँके र बर्दिया बाट एक सय ३८ जना चुनावी मैदानमा रहेका छन् ।
३ वटा प्रतिनिधि सभा क्षेत्र र ६ वटा प्रदेश सभा क्षेत्र रहेको बाँकेमा ९ जनाका लागी ९० जना चुनावी मैदानमा भिड्ने भएका छन् भने बर्दियामा २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभाका गरी ६ सिटका लागी ४९ जना चुनावी मैदानमा रहेका छन् ।
यसैगरी प्रतिनिधि सभा र प्रदेश सभातर्फ बाँकेमा ९ जनाले उम्मेदवारी फिर्ता लिए पछि ९० जना चुनावी मैदानमा आएका हुन् । फिर्ता लिनेमा १ जना प्रतिनिधि सभाका र ८ जना प्रदेश सभाका उम्मेदवार रहेका छन् ।
बाँके क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभाका लागी उम्मेदवारी दिएका रविन्दमान श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका थिए । यो क्षेत्रबाट गठबन्धनकातर्फ बाट नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार रहेका छन् ।
बाँके क्षेत्र नम्बर–१ का प्रदेश सभा उम्मेदवार उग्रसेन यादव र विक्रम यादव, क्षेत्र नम्बर– २ प्रदेश सभातर्फ बिनयचन्द्र गुप्ता र राजेन्द्र कँडेलले उम्मेदवारी फिर्ता लिएका हुने । यी दुवै जना स्वतन्त्र उम्मेदवार हुन् ।
यसैगरी क्षेत्र नम्बर–३ को प्रदेशसभा सदस्यका लागी उम्मेदवार दिएका जाकिर हुसेन, दीपक जिएम, राजकुमार ढकाल, सन्तबहादुर खत्री र इन्द्र्रबहादुर थापाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बर्दियामा प्रतिनिधि सभाका लागी २ सीटमा १८ जना भिड्ने भएका छन् । क्षेत्र नम्बर– १ मा १० जना र २ मा ८ जना चुनावी मैदानमा रहेका छन् । बर्दिया प्रदेशसभा तर्फ ४ सिटका लागी ३१ जनाले निर्वाचन लड्ने भएका छन् । यस अघि बर्दियामा प्रदेश सभा तर्फका ३ जनाले मात्रै उम्मेदवारी फिर्ता लिएका थिए ।
सरकारले भन्योस् चोलेन्द्रलाई रेस्क्यू गरिएको हो, रवी-प्रचण्डका पछि कुनै सुराकी छैनन्
केसीले उम्मेदवारी फिर्ता लिए, बाँके क्षेत्र नं १ मा निर्विरोध भए पूर्ण
देउवा समूहले भित्र्यायो मनाङे, जिल्ला संयोजकको जिम्मेवारी
दुई दिन सर्यो काँग्रेस १५ औं महाधिवेशन
पत्रकार मल्ल पक्राउ प्रकरण : सर्वोच्चले भन्यो २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनू
लुम्बिनीमा विपदका चार दिन : ७८ घटना, ६ जनाको मृत्यु, १२ सय बढी बिस्थापित