घरतर्फ जाँदै गरेका यादबको मोटरसाइकल दुर्घटना मृत्यु


घरतर्फ जाँदै गरेका यादबको मोटरसाइकल दुर्घटना मृत्यु

नेपालगन्ज २८ असोज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँकेकै जानकी गाउँपालिका–१ का २५ वर्षीय राजेश यादब रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्जबाट घरतर्फ जाँदै गरेका यादबले चलाएको अनटेष्ट लेखिएको मोटरसाइकल गएराती पौने १० बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी सााईगाउँ बाँकेले जनाएको छ ।