नेपालगन्ज २८ असोज : बर्दियाको गेरुवा गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
ट्याक्टरको ठक्करबाट गेरुवा गाउँपालिका–४ खल्लागाउँका २५ वर्षीया नविन ठकुरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय, पाताभार प्रहरी निरीक्षक नीराजन सुनारले जानकारी दिए ।
कर्णाली नदीले बगाएर ल्याएका दाउरा स्थानीयले सङ्कल गरेका दाउरा बोकेर राजापुर फर्कंदै गरेको भे २ त २०९ नम्बरको ट्र्याक्टरले खोनपुर गाउँमा नविन सवार भे १० प ४४५८ नम्बरको स्कुटीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाईते भएका ठकुरीलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लैजादैँ गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएकोछ ।
ठक्कर दिने ट्र्याक्टर र चालक सुरेश चौधरीलाई ईलाका प्रहरी कार्यालय पाताभारले नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर