नेपालगन्ज २८ असोज : बाँके, बर्दिया र दाङको छुट्टा छुट्टै स्थानमा भएको सडक दुर्घटनामा परि तीन जनाको मृत्यु भएकोछ ।
बाँकेको नेपालगन्ज, बर्दियाको गेरुवा गाउँपालिका र दाङको शान्तिनगर गाउँपालिकामा भएको सडक दुर्घटनामा परि पाँच वर्षीय बालकसहित तीन जनाको मृत्यु भएको हो ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ परसपुरमा गएराती(बिहीबार) मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाँकेकै जानकी गाउँपालिका–१ का २५ वर्षीय राजेश यादब रहेका छन् ।
नेपालगन्जबाट घरतर्फ जाँदै गरेका यादबले चलाएको अनटेष्ट लेखिएको मोटरसाइकल गएराती पौने १० बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी सााईगाउँ बाँकेले जनाएको छ ।
यस्तै, बर्दियाको गेरुवा गाउँपालिकामा ट्याक्टरको ठक्करबाट गेरुवा गाउँपालिका–४ खल्लागाउँका २५ वर्षीया नविन ठकुरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय, पाताभार प्रहरी निरीक्षक नीराजन सुनारले जानकारी दिए ।
कर्णाली नदीले बगाएर ल्याएका दाउरा स्थानीयले सङ्कल गरेका दाउरा बोकेर राजापुर फर्कंदै गरेको भे २ त २०९ नम्बरको ट्र्याक्टरले खोनपुर गाउँमा नविन सवार भे १० प ४४५८ नम्बरको स्कुटीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाईते भएका ठकुरीलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लैजादैँ गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएकोछ । ठक्कर दिने ट्र्याक्टर र चालक सुरेश चौधरीलाई ईलाका प्रहरी कार्यालय पाताभारले नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, दाङको शान्तिनगर गाउँपालिका–७ खैरेनीका ५ वर्षीय स्मार्ट डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
शुक्रबार बेलुकी हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा७प ३१३१ नम्बरको मोटरसाइकले बालकलाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार घाइते बालकलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएकोमा उपचाकार क्रममा मृत्यु भएको हो । मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी