बर्दिया २९ असोज : बर्दियाको एउटा सहकारीबाट ५ लाख भन्दा बढि रकम चोरी भएको छ ।
जिल्लाको मधुवन नगरपालिका–१ सुर्यपटुवामा रहेको विश्वासीलो बचत तथा ऋण सहकारी संस्थाको शाखाको रुपमा रहेको पारिजात सेवा केन्द्रको कार्यालयमा चोरी भएको हो ।
रातीको समयमा चोरले केन्द्रमा प्रबेश गरी रकम रहेको सेफ(दराज) फोडेर ५ लाख ६२ हजार ५ सय ७१ रुपैया चोरी गरि लगेको विश्वासीलो बचत तथा ऋण सहकारी सस्था लिमिटेडका अधिकृत कृष्णप्रसाद शर्माले सेतोखरीलाई जानकारी दिए ।
उनका अनुसार कार्यालयको बाहिर भागमा रहेको च्यानल गेटबाट चोर केन्द्र भित्र प्रबेश गरी रकम रहेको सेफ(दराज) फोडेर पैसा लगेको र विहान कार्यलय आउँदा कार्यलयमा तोडफोड भएको देखिएपछि प्रहरीलाई खबर गरियो थियो ।
आज असोज २९ गते सो सहकारीको साधारण सभा समेत राखिएको थियो । यसरी साधारण सभा राखिने त्यसको अघिल्लो रात रकम चोरी हुनु त्यति हजमको कुरा नभएको स्थानीयबासीहरुको भनाई रहेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले घटनाको विषयमा अनुसन्धान भैरहेको बताए । उनले घटनाको विषयमा फरक–फरक कोणबाट अनुसन्धान गरी सो कार्यमा संलग्नलाई पक्राउ गर्ने बताए ।
आफुले राखेको रकम चोरी भएको हल्ला सुनेपछि स्थानीयबासी कार्यालयमा पुगेका थिए ।
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर