विश्वासीलो सहकारीमै चोरी !


विश्वासीलो सहकारीमै चोरी !

बर्दिया २९ असोज : बर्दियाको एउटा सहकारीबाट ५ लाख भन्दा बढि रकम चोरी भएको छ ।

जिल्लाको मधुवन नगरपालिका–१ सुर्यपटुवामा रहेको विश्वासीलो बचत तथा ऋण सहकारी संस्थाको शाखाको रुपमा रहेको पारिजात सेवा केन्द्रको कार्यालयमा चोरी भएको हो ।

रातीको समयमा चोरले केन्द्रमा प्रबेश गरी रकम रहेको सेफ(दराज) फोडेर ५ लाख ६२ हजार ५ सय ७१ रुपैया चोरी गरि लगेको विश्वासीलो बचत तथा ऋण सहकारी सस्था लिमिटेडका अधिकृत कृष्णप्रसाद शर्माले सेतोखरीलाई जानकारी दिए ।

उनका अनुसार कार्यालयको बाहिर भागमा रहेको च्यानल गेटबाट चोर केन्द्र भित्र प्रबेश गरी रकम रहेको सेफ(दराज) फोडेर पैसा लगेको र विहान कार्यलय आउँदा कार्यलयमा तोडफोड भएको देखिएपछि प्रहरीलाई खबर गरियो थियो ।

Kanti Aarogya Hospital Nepalgunj

आज असोज २९ गते सो सहकारीको साधारण सभा समेत राखिएको थियो । यसरी साधारण सभा राखिने त्यसको अघिल्लो रात रकम चोरी हुनु त्यति हजमको कुरा नभएको स्थानीयबासीहरुको भनाई रहेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले घटनाको विषयमा अनुसन्धान भैरहेको बताए । उनले घटनाको विषयमा फरक–फरक कोणबाट अनुसन्धान गरी सो कार्यमा संलग्नलाई पक्राउ गर्ने बताए ।

आफुले राखेको रकम चोरी भएको हल्ला सुनेपछि स्थानीयबासी कार्यालयमा पुगेका थिए ।