काँग्रेस बाँके सभापती गौडेललाई डेंगु पुष्टि

देशभर संक्रमितको संख्या ४० हजार नाघ्दा ४८ जनाको मृत्यु


काँग्रेस बाँके सभापती गौडेललाई डेंगु पुष्टि

नेपालगन्ज ३० असोज: नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेललाई डेंगु संक्रमण पुष्टि भएकोछ ।

नेपाली काँग्रेस बाँकेका सभापति गौडेलले फेसबुकमा स्टाटस लेख्दै आफूलाई डेंगु संक्रमण भएको पुष्टि गरेकाछन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले स्वास्थ्य लाभ लिइरहेकाछन् ।

यसअघि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टलाई डेंगु संक्रमण भएको थियो । डेंगु संक्रमण भएपछि उपचार पश्चात उनी निको भएका थिए ।

यसैबीच, यसवर्ष साउनयता डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २९ गतेसम्म ४८ जनाको ज्यान गएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

यसबीचमा संक्रमितको संख्या ४० हजार २९ र मृतकको संख्या ४८ पुगेको महाशाखाको तथ्यांक छ । जसअनुसार सबैभन्दा धेरै काठमाडौंमा १२ हजार २५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ८ हजार ७१४ र भक्तपुरमा २ हजार ७३० गरी उपत्यकामा डेंगु संक्रमितको संख्या २३ हजार ६९६ पुगेको छ ।

उपत्यका बाहिर मकवानपुरमा ४ हजार ५०, दाङमा २ हजार पाँच, चितवनमा १ हजार ४६०, रुपन्देहीमा १ हजार १७५ तथा धादिङमा ६८३ जनामा संक्रमण देखिएको छ । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या २०० देखि ५०० जनासम्म रहेको छ ।

महाशाखाका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ । महाशाखाको तथ्यांकमा आइनपुगेका संक्रमितको संख्या समुदायस्तरमा अझै ५ गुणा बढी हुनसक्ने विज्ञहरुको आँकलन छ ।

यस्तै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलाई इन्फ्लुएन्जा संक्रमण पुष्टि भएपछि थप उपचारका लखनउ रिफर गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार नेपालगन्ज स्थित नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । सो क्रममा उनको स्वास्थ्य जाँच गर्दा इन्फ्लुएन्जा संक्रमण पुष्टि भएपछि थप उपचारका आईतबार लखनउ रिफर गरिएकोछ ।

थप समाचार

डेंगु प्रकोप : ज्यान गुमाउनेको संख्या ४२ पुग्यो

के हो डेंगु ?, कसरी बच्ने ?

डेंगुका बिरामीले के खाने, के नखाने ?