File Photo
नेपालगन्ज ६ कार्तिक: नेपालगन्जको न्यूरोडबाट प्रहरीले आईतबार साँझ जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज सेतुविक चोक नजिक रहेको पहिलेको ह्यायत होटल अहिलेको द्रब्य कुटिरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
द्रब्य कुटिरमा जुवा खेलिरहेका उनीहरुबाट प्रहरीले करिब डेढ लाख नगद समेत बरामद गरेकोछ । पक्राउ परेका ‘जुवाडे’हरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएकोछ ।