बर्दिया क्षेत्र नम्बर– १ फिर्ता लिन एमालेको कसरत
गुलरिया(बर्दिया) १५ कार्तिक : नेकपा एमाले र माओवादी केन्द्र एउटै भएको बेला बामदेव गौतमलाई पराजित गर्दै चर्चा बटुलेका नेपाली काँग्रेसका नेता सञ्जय गौतम यसपटक बामदेव गौतमकै ज्वाई लक्ष्मण ज्ञवालीसँग प्रतिस्प्रर्धामा उत्रिएकाछन् ।
देशको राजनीतिक भुगोलमा बर्दिया क्षेत्र नम्बर–१ को निर्वाचन जहिले पनि चर्चाको विषय बन्ने गर्दछ । २०४६ सालको प्रजातन्त्रपछि ‘लालकिल्ला’ को रुपमा परिचित बर्दियामा माओवादीको उदयसगैँ माओवादीले बर्चस्व कायम गरेको थियो ।
माओवादी र नेकपा एमालेको बलियो पकट भएको यो क्षेत्रमा पछिल्लो पटक २०७४ सालको निर्वाचनमा एमाले र माओवादी एउटै पार्टी भएका बेला नेकपाबाट उम्मेदवार बनेका बामदेव गौतमलाई नेपाली काँग्रेसका सञ्जय गौतमले पराजित गरेका थिए ।
बामदेबको मतान्तर हेर्दा २५ हजारको फरक देखिन्थ्यो तर, निर्वाचनमा काँग्रेसका सञ्जयले ७ सय ५३ मतान्तरले पराजित गरेपछि बामदेवको राजनीतिक यात्रा ओरालो लाग्दै गयो ।
२०७४ को निर्वाचन तालमेलको अवस्था र अहिले परिस्थिति फरक छ। नेकपा एमाले एक्लै चुनावी मैदानमा छ भने सञ्जय गौतमलाई माओवादी केन्द्रको साथ रहेको छ । सञ्जय सत्ता गठबन्धनका उम्मेदवार हुन् । नेकपा एमालेबाट लक्ष्मण ज्ञवाली चुनावी मैदानमा रहेका छन् । ज्ञवाली २०७४ सालको निर्वाचनमा पराजित भएका बामदेव गौतमका सहोदर ज्वाँई हुन् ।
२०७४ को निर्वाचनमा जेठान बामदेव गौतमलाई हराएका सञ्जय २०७९ को निर्वाचनमा बामदेवकै ज्वाँई लक्ष्मणसँग प्रतिस्प्रर्धा गरिरहेका सञ्जय यो संयोग मात्र भएको बताउँछन् ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको नतिजालाई हेर्ने हो भने बर्दियाको गुलरिया नगरपालिकामा नगरप्रमुख र उपप्रमुख नेपाली काँग्रेसले जितेको छ । बारबर्दिया नगरपालिकामा पनि नेपाली काँग्रेसले प्रमुख र उपप्रमुख जितेको छ ।
यस्तै बढैयाताल गाँउपालिकामा अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एमाले र बाँसगढी नगरपालिकाममा प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ ।
नेकपा एमाले स्थानीय तहमा पराजित भएको मतान्तर भने कम रहेको छ । यसले गर्दा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बर्दिया क्षेत्र नम्बर–१ मा रोचक हुने निश्चित छ । कुनै समयमा नेकपा एमालेको बलियो क्षेत्र रहेको यो निर्वाचन क्षेत्रमा नेकपा एमाले विभाजन भएसगैँ त्यसको प्रभाव नेकपा एमाले भित्र परेको छ ।
पार्टी विभाजनको असरको परीणाम कै कारण गुलरिया नगरपालिका र बढैयाताल गाँउपालिकामा एमालेका उम्मेदवार कम मतान्तरमा हार व्यहोरका थिए । निर्दलिय पञ्चायती शासनको बिरुद्ध संघर्षकै क्रममा जेलजिवन व्यतित गरेका नेकपा एमालेका नेता लक्ष्मण ज्ञवाली राजनीति तथा बौद्धिक नेताको रुपमा परिचित छन् । तत्कालिन अवस्थामा माले हुँदै एमाले प्रबेश गरेका ज्ञवाली राजनीतिक व्यक्तित्व समेत हुन् ।
नाताले बामदेव गौतमका सहोदर ज्वाँई रहेका ज्ञवालीलाई निर्वाचनमा जित निकाल्न सहज नभएपनि गठबन्धनका उम्मेदवार सञ्जय गौतमलाई पनि सहज देखिदैन । विगत ५ वर्षको अवधिमा गौतमले गरेका क्रियाकलापबाट असन्तुष्ट रहेका मतदाताहरुले यसपटक नयाँ अनुहार ल्याउन सक्ने बर्दियाका राजनीतिक विश्लेषकहरुको अनुमान छ ।
प्रदेश सभामा नेपाली काँग्रेसका पुराना नेता स्वतन्त्र उम्मेदवार बनेपछि त्यसको असर संघीय निर्वाचन क्षेत्रमा पर्ने धेरैको अनुमान छ । आफ्नो क्षेत्रमा राम्रो प्रभाव पारेका र पार्टी भित्र पनि राम्रो पहिचान बनाएका शुभाष पोखरेलले क्षेत्र नम्बर–१ को ‘ख’ बाट उम्मेदवार बनेका कारण गठबन्धनबाट सोही क्षेत्रमा उम्मेदवार बनेका माओवादी केन्द्रका अञ्जु दहितलाई अप्ठेरो हुने र त्यसको प्रभाव संघीयमा समेत पर्ने बताइएको छ ।
प्रदेश सभामा गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका नेत्री अञ्जु दहितको व्यक्तिगत प्रभाव गुलरिया नगरपालिकामा शून्य जस्तै छ भने उनले पाउने मत भनेको माओवादी र नेपाली काँग्रेको मत हो । नेपाली काँग्रेसले ईमान्दारीता देखाउँदै शुभाष पोखरेललाई मत नदिएर अञ्जु दहितलाई भोट दिएमा अञ्जु दहितको जित निश्चित देखिन्छ तर, ईमान्दारीता भएन भने नेकपा एमालेका उम्मेदवारहरुले जित निकाल्ने स्थान पनि बलियो बनेको छ ।
नेपाली काँग्रेसले शुभाष पोखरेललाई मनाउन नसक्नु नै काँग्रेसका लागी घातक जस्तै बनेकोछ । सुभाष पोखरेललाई प्रदेशमा भोट हाल्ने मतदाताहरुले संघमा पनि काँग्रेसलाई भोट नहाल्ने चर्चा चुलिएकोछ ।
यता नेकपा एकिकृत समाजवादीका बखत बहादुर खड्का पनि चुनावी मैदानमा छन् । गठबन्धनबाट क्षेत्र नम्बर–१ को ‘क’ बाट नेपाली काँग्रेसका भुबनेश्वर चौधरी चुनावी मैदानमा रहेका छन् । उनको नेकपा एमालेका शालिकराम अधिकारीसंग प्रतिस्पर्धा हुनेछ भने क्षेत्र नम्बर–१ को ‘ख’ बाट गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका अञ्जु दहित र नेकपा एमालेका भक्तबहादुर विक चुनावी मैदानमा रहेका छन् ।
बामदेव गौतमको जिल्ला भएका कारण नेकपा विभाजनपछि राष्ट्रिय एकता अभियान चलाइरेका गौतमले कसलाई समर्थन गर्छन् भन्ने कुरा पनि महत्वपुर्ण छ ।
राष्ट्रिय एकता अभियानले कुन उम्मेदवारलाई सहयोग गर्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन । यद्यपी गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भएका सञ्जय गौतमको जित सुनिश्चित देखिन्छ । तर, नेकपा एमालेका उम्मेदवार लक्ष्मण ज्ञवालीलाई समर्थन गर्ने भयो भने लक्ष्मण ज्ञवालीले बाजी मार्ने देखिन्छ ।
बर्दियाको क्षेत्र नम्बर– १ को राजनीतिक अंकगणितको यो जोडघटाउलाई हेर्दा बामदेव गौतमको समर्थन कता जान्छ त्यो महत्वपूर्ण मात्र छैन निर्णयाक हुनेछ । बामदेवको सर्मथन पाएका उम्मेदवारले बाजी मार्ने निश्चित छ । नेकपा एमालेका नेताहरुका अनुसार बामदेवले लक्ष्मण ज्ञवालीलाई सहयोग गर्ने सम्भावन धेरै देखिएको बताउँछन् ।
बाँके क्षेत्र नं २ को क्षेत्रीय सभापति चुनिए नरेन्द्रकुमार चौधरी, चारजना प्रदेस सांसद महाधिवेशन प्रतिनिधमा पराजित
नेपाली काँग्रेस १५ औं महाधिवेशनका लागि प्रतिनिधि चुनिए गगन र विश्व
पत्रकार हेमन्त मल्ल प्रक्राउ : सांसद र गृहमन्त्रालयकै नाम जोडिएको अडिओ प्रकरण के हो?
कर्णाली मन्त्रिपरिषद् विरुद्ध अदालतमा रिट, समावेशी नभएकाे आराेप
बाँकेका एकजना निर्माण व्यवसायी ‘हनि ट्र्याप’, प्रेममा फँसाएर लाखौं असुल्ने महिला पक्राउ
कस्तो ‘सुरक्षा थ्रेट छ’ चोलेन्द्रलाई?