नेपालगन्ज १५ कार्तिक: आसन्न मंसिर ४ को हुने निर्वाचन नजिकिदै गर्दा हिन्दु एकताको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएका बाँके क्षेत्र नम्बर–२ का एकमात्र हिन्दुवादी स्वतन्त्र उम्मेदवार दीवाकर शर्मा खनालको पकड यस क्षेत्रमा बलियो बन्दै गएको छ ।
मतसंख्याको आधारमा हिन्दुहरुको उल्लेख्य संख्या भएको यस क्षेत्रमा पछिल्लो समय विभिन्न राजनीतिक दलहरुले धर्मको नाममा भोटका लागि मात्रै हिन्दुहरुलाई प्रयोग गरेको गुनासो गर्दै आएका दिवाकर बलियो देखिएका हुन् । विषेश गरी हिन्दु मतदाताहरु प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा अर्ना चिन्ह सहित चुनावी मैदानमा उत्रिएका दिवाकर विशुद्ध हिन्दुहरुको मतको आधारमा आफु चुनावी मैदानबाट विजयी हुने बताउँछन् ।
प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का स्वतन्त्र उम्मेदवार दिवाकर नेपालका हिन्दुहरुको भविष्य नै खतराको अवस्थामा पुगेको भन्दै संसदमा हिन्दुका मुद्दा उठाउने बताउँछन् ।
हरेक राजनीति दल होस् अथाव सरकारका विभिन्न आयोगहरुमा हिन्दु भएकै नाताले हिन्दुहरुलाई हेपाहाको दृष्टिले हेर्ने गरेको उनी बताउँछन् । निर्वाचनको अवस्थामा विभिन्न टिका टिप्पणी आउने गरेको भएता पनि त्यसको जवाफ आफ्ना मतदाताहरुले मंसिर ४ गते दिने उनको भनाईछ ।
आफुहरुको एजेण्डामा हिन्दु एकता नै भएको हुदाँ कोही पनि विचलित नहुन उनी मतदाताहरुलाई आग्रह गर्छन् । स्वतन्त्र उम्मेदवार खनालले भने, ‘हामी सबैलाई एक ठाउँमा बाँधेर राख्ने भनेको नै हिन्दु धर्म हो त्यसका लागि अर्नामा मतदान गरि आफूलाई विजयी गराउन आग्रह गर्दछु ।’
यस्तै हिन्दु धर्मकै मुद्दा लिएर क्षेत्र नम्बर– २ प्रदेश (क) का स्वतन्त्र उम्मेदवार राजकुमार रौनियार जेब्रा चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका छन् । रौनियार लामो समयदेखि हिन्दुवादी संगठन शिवसेनामा रहँदै आएकाछन् । हिन्दुहरुको मत दायाँबायाँ नहुने कुरामा आफु ढुक्क भएको बताउँदै उनले आफूलाई मतदान गर्न आग्रह गरे ।
थप समाचार
खनाललाई समर्थन गर्दै स्थानीयले भने, ‘चुनावसम्म हामी कसैको चिया खादैनौं’
स्वतन्त्र उम्मेदवार दीवाकरको शहर केन्द्रित प्रचारप्रसार सुरु
‘वन टाइम पे’ को नीतिमा स्वतन्त्र उम्मेदवार दीवाकर
आठ वटा गोली खाएर बाँचेका दिवाकर हिन्दू राष्ट्र निर्माणका लागि लड्दै