नेपालगन्ज २० कार्तिक : पछिल्लो चरणमा सञ्चारकर्मीमाथि भइरहेका दुर्व्यवहार र आक्रमणका घटनाप्रति नेपाल प्रेस युनियन बाँकेको ध्यानाकर्षण भएको जनाएकोछ ।
कोहलपुरस्थित साहारा टिभी खबरमा कार्यरत सञ्चारकर्मी नविन परियार र बसन्ती हमालमाथी शनिबार दुब्र्यवहार भएको घटना सेलाउन नपाउँदै आईतबार बेलुका पुनः सोही सञ्चार संस्थामा कार्यरत सञ्चारकर्मी हिमान्सु शाहीमाथि पनि युवाको एक समुहले सांघातिक आक्रमण गरेको घटना सार्वजनिक भएपछि युनियन बाँकेका सचिव विजय मल्लले एक विज्ञप्ती जारी गर्दै युनियनको ध्यानाकर्षण भएको जनाएको हो ।
‘यसअघि नेपालगन्जका सञ्चारकर्मी अभिनव गुप्तामाथि तस्करको समुहले अपहरण शैलीमा आक्रमण गरेको घटना सार्वजनिक भएको थियो । पछिल्लो चरणमा बढिरहेका यस्ता घटनाबाट नेपाल प्रेस युनियन बाँके स्तब्ध भएको छ । यि सबै घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथी कारबाही गर्न युनियन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ । साथै यस्ता घटना पुनरावृत्ति हुन नदिनतर्फ सम्बन्धित निकायले विशेष पहल गरोस् भन्ने माग गर्दछौं ।’ युनियन बाँकेका सचिव मल्लद्वारा जारी विज्ञप्तीमा उल्लेखछ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी