मानव बेचबिखनको ट्रेण्ड बद्लियो, विदेशसंगै स्वदेशमा पनि थुप्रै शोषित


मानव बेचबिखनको ट्रेण्ड बद्लियो, विदेशसंगै स्वदेशमा पनि थुप्रै शोषित

नेपालगन्ज २४ कार्तिक : शक्ति समूहकी संस्थापक एवम अध्यक्ष चरिमाया तामाङ्गले मानव बेचबिखनको ट्रेण्ड बदलिँदा विदेशमा मात्र नभएर स्वदेशमै थुप्रै शोषित भएको बताएकी छन् ।

शक्ति समुहले नेपालगन्जमा आयोजना गरेको ‘मानव बेचविखन न्यूनीकरणका लागि सरोकारवालासँगको कार्यशाला गोष्ठी’मा बोल्दै तामाङ्गले मानव बेचविखनको गन्तब्यसंगै स्वरुप पनि परिर्वतन भएको बताइन् ।

उनका अनुसार अहिले भारतसंगै विभिन्न देशमा नभएर स्वदेशमा जोखिमपूर्ण यात्रा र बेचबिखन भइरहेको छ । नेपालमै पनि मानव बेचबिखनको डरलाग्दो स्वरुप बढ्दै गएकोछ । पछिल्लो समय बैदेशिक रोजगारी, शिक्षा र विवाहको नाममा बेचबिखन भइरहेकोछ ।

‘भारतमा मात्रै होइन, तेस्रो मुलुकमा पनि रोजगारी, शिक्षा र विवाहको नाममा नेपाली बेचविखनको सिकार भइरहेकाछन्’ तामाङ्गले अगाडी थपिन् –‘यस्तो डरलाग्दो स्वरुप देखिँदा को कतिबेला जोखिममा पर्छ भन्ने सकिने अवस्था छैन ।’

Kids Festival 2022
kanti aarogya hospital
add

बेचबिखनको उदाहरण दिदैँ तामाङ्गले काठमाण्डौंको एक खाजाघरमा पुग्दा किचन नै फेला नपरेको तर, त्यहाँ १४ वर्षदेखि २० वर्षसम्मका कुन उमेरलाई बोलाइदिउ भन्दै ‘बार्गेनिङ्ग’ हुने गरेको खुलाइन । त्यहाँ १४ वर्षकी एक बालिकालाई दिनमा १५–२० जनासम्मले यौन सम्बन्ध राखेको पाइएको थियो ।

एक वर्षदेखि काठमाण्डौंमा बन्धक बनाइएकी पेरिसकी एक महिलालाई काठमाण्डौंबाट उद्धार गरि दश दिन आफूसँग राखेर शक्ति समुहले उनलाई स्वदेश पठाएको थियो ।

शक्ति समूहले मानव बेचविखन रोकथाम, उद्धार, पुर्नस्थापनामा काम गर्दै आएको छ । नेपालगन्जमा पनि आपतकालिन आवासगृह सञ्चालन गरेको शक्ति समूहकी प्रदेश प्रमुख निर्मला पौडेलले जानकारी दिइन् ।

कार्यशाला गोष्ठिमा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बेचविखनका घटना दिनप्रतिदिन नयाँ तरिकाले भइरहेकोले यो अपराधलाई रोक्न कानूनी लडाइले मात्र नहुने हुँदा शैक्षिकसंगै जनतामा जागरण बढाउनु पर्ने धारणा राखे ।

यस्तै बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले मानबेचविखन रोकथाम र पीडकलाई कानूनी दायरामा ल्याउन सबैले हातेमालो गर्नुपर्ने बताए ।

मानवबेचविखन विरुद्ध काम गर्ने नेपालका माईती नेपालका केशव कोइराला, ईन्सेकका भोला महत, अधिकारकर्मी वसन्त गौतम, शिक्षक प्रकाश आचार्यले मानव बेचविखन विरुद्ध एक्यबद्धता जनाउँदै सहकार्य गर्नुपर्नेमा जोड दिए ।

सोक्रममा शक्ति समूहकी परियोजना संयोजक निरा दुलाल, परियोजना सहयोगी संस्था ओयूआरका कन्ट्री डाइरेक्टर डेनियल र जेकले मानबेचविखन विरुद्ध भइरहेका पछिल्लो प्रयासका बारेमा प्रकाश पारेका थिए ।

उक्त कार्यक्रममा मानवबेचविखन विरुद्ध काम गर्ने भारतका एनियस विलियम्स, कारितास र देहात संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत बाँकेमा क्रियाशिल संस्थाकाको सहभागिता रहेको थियो ।

यसैबीच, सोही अवसरमा शक्ति समूहले परियोजना सञ्चालन भएको बाँकेका ५ वटा विद्यालयलाई २÷२ थानका दरले कम्प्युटर प्रदान गरेको शक्ति समूहकी प्रदेश प्रमुख निर्मला पौडेलले जानकारी दिइन् ।

उक्त कम्प्युटर सहयोग पाउनेमा आर्दश मावि राँझा, हनुमान मावि पिप्रहवा, महेन्द्र मावि भवनियापुर, जगतज्योती मावि बसुदेवपुर र सल्यानीबङ्गला स्थित कन्या विद्यालय रहेकाछन् ।