विश्व खाद्य कार्यक्रमको रकम वितरण अनियमितता, पीडीतले गरे गाँउपालिका र वडा कार्यालयमा तालाबन्दी


विश्व खाद्य कार्यक्रमको रकम वितरण अनियमितता, पीडीतले गरे गाँउपालिका र वडा कार्यालयमा तालाबन्दी

बर्दिया २४ कार्तिक : बर्दियाका बाढी पीडितहरुले राहत वितरणमा पक्षपात गरेको भन्दै गेरुवा गाँउपालिकाको कार्यालय तथा वडा नम्बर– ५ को कार्यालयमा तालाबन्दी गरेका छन् ।

दशैंको समयमा आएको बाढीका कारण पीडित बनेका बाढी पीडितहरुले राहत वितरणमा पक्षपात गरेको भन्दै बिहीबार विहान ११ बजेतिर गेरुवा गाउँपालिकाको वडा नम्बर– ५ को वडा कार्यालय तथा दिउँसो करिब ३ बजेतिर गेरुवा गाँउपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

गेरुवा गाँउपालिकाका अध्यक्ष जमानसिंह केसीले अगुवा रेडक्रस तथा रकमदाता विश्व खाद्य कार्यक्रमले बाढी क्षति पुर्व अनुमानका लागी बाँडेको रकममा केही पाउनुपर्ने व्यक्ति छुटेको भन्दै तालाबन्दी गरिएको बताए ।
उनले राहत पाउने पीडितलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा आफु गम्भीर रहको बताए ।

विश्व खाद्य कार्यक्रमले रेडक्रससँग समन्वय गरी बाढी पीडित पुर्व अनुमानका आधारमा तत्काल अवस्थामा राहत बाँडिएको पालिकाका सूचना अधिकारी कुन्ननारायण चौधरीले बताए । त्यसबेला छुटेका बाढी पीडितहरुले तत्काल राहत माग्दै पक्षपात गरेको भन्दै कार्यालयमा तालबन्दी गरेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

कार्यालय तथा वडा कार्यालयमा गरिएको तालाबन्दीका कारण बिहीबार सम्पुर्ण कामकाज ठप्प भएको छ । गेरुवा वडा नम्बर–३ का उमेश थारुले पालिका र वडाले राहत वितरणमा आफुहरुको नाम छुटाएको भन्दै राहतमा अनियमितता गरेको आरोप समेत लगाए । वडा नम्बर–५ का वडाध्यक्ष धर्मप्रकाश थारुले कार्यालयमा तालाबन्दी गर्नु समस्याको समाधान नभएको धारणा राखे ।

पीडितहरुले छुटेका बाढी पीडितहरुको पुनः डाटा संकलन गरेर विश्व खाद्य कार्यक्रमलाई सिफारिस गर्ने निर्णय गरेपछि केही दिन पहिले भएको सहमती कार्यान्वयका लागी अगाढी नबढेका कारण आफुहरुले बाध्य भएर तालाबन्दी गरेको पीडितहरुले बताएकाछन् ।

नेपाल रेडक्रस सोसाइटी बर्दियाका अध्यक्ष कृष्ण गौतमले पालिकाले नै सर्वे गरी दिएको लिष्टबाट त्यसैलाई आधार मानेर रेडक्रसले सिफारिस गरेको हुँदा त्यही अनुसार विश्व खाद्य कार्यक्रमले प्रदान गरेको बजेट पालिकाले बाँडेको उनले बताए । उनले अब छुटेकाले राहत नपाउने पनि बताए ।