File Photo
बर्दिया २५ कार्तिक : बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर– २ धनैरामा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ ।
भारतीय सीमावर्ती जङलबाट दिनहुँ आउने हात्तीले पाक्न लागेको केरा, खेतमा काटेर राखेको धान, बालीमा क्षति गर्ने गरेको मधुवन–२ धनैराका स्थानीय भुपाल न्यौपानेले बताए । उनले भने, ‘भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँजसो आउने जङ्गली हात्तीले केराखेतमा आतङ्क मच्चाएपछि काँचै केरा कम दाममा बेच्नुपरेको छ ।’
भारतीय सीमावर्तीबाट आउने जङ्गली हात्तीले बर्सेनि चार–पाँच घर भत्काउने, आक्रमण गरी घाइते बनाउने र दर्जनौँ बिघा खेती खाइदिने गरेको छ । एकातिर कुलो पानीको समस्या अर्कोतर्फ हात्तीको डरले त्रासमै दिन बित्न थालेको न्यौपानेले बताए ।
यस क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय खाता जैविकमार्गमा भारतको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरी र बर्दिया राष्ट्रिय निकुन्जबाट बाघ, हात्ती आहार विहारका लागि ओहोर–दोहोर गरिरहेका हुन्छन् ।
गत आवमा दुई जना हात्तीको आक्रमणबाट मृत्यु भएको थियो भने यस आवको हालसम्म एक जना हात्तीको आक्रमणबाट मृत्यु भइसकेको छ । -रासस
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ