म्यादी र नेपाल प्रहरीलाई शंकास्पद बिफोटक पदार्थ र बिद्युतीय धराप सम्बन्धी तालिम


म्यादी र नेपाल प्रहरीलाई शंकास्पद बिफोटक पदार्थ र बिद्युतीय धराप सम्बन्धी तालिम

नेपालगन्ज २६ कार्तिक : नेपाली सेनाले नेपाल प्रहरी र म्यादी प्रहरीहरुलाई शंकास्पद बिफोटक पदार्थ र बिद्युतीय धरापबाट हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण गर्ने तरिकाहरुका बारेमा प्रशिक्षण दिएको छ ।

निर्वाचनका बेला शान्ति सुरक्षालाई खलबलाउने उद्देश्यले बिभिन्न किसिमका बिफोष्टन पदार्थहरु पडकाउने जोखिम हुने भएकाले शंकास्पद बस्तुको पहिचान, शंकास्पद बस्तु राखिएको स्थलको सुरक्षा र त्यसलाई निस्क्रिय पार्नका लागि अपनाइने उपायहरुका बारेमा जानकारी दिएको हो ।

नेपाली सेनाको सुर्खेत स्थित पृतना हेडक्वाटर्सबाट आएका ११ जनाको बम डिस्पोजल टिमले नेपाल प्रहरी र म्यादी प्रहरीहरुलाई तालिम दिएको नेपाली सेनाको राँझा स्थित बज्रदल गणका गणपति श्याम आत्रेय पौडेलले बताए ।

नेपाली सेनाले बाँकेमा २ हजार ८९ र बर्दियामा ८ सय ७० जना गरी २ हजार ९ सय ५९ जनालाई शंकास्पद बिफोटक पदार्थ र बिद्युतीय धराप समबन्धी तालिम दिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तो तालिमले निर्वाचनका बेला शान्ति सुरक्षालाई प्रभावकारी बनाउन र बिस्फोटक पदार्थ र बिद्युतीय धरापबाट हुन सक्ने जनधनको क्षतिलाई नियन्त्ररण गन मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ ।