नेपालगन्ज २७ कार्तिक : निर्वाचनका बेला दल तथा उम्मेदवारहरुले सामाजिक सञ्जालमार्फत आफ्ना प्रचारप्रसारको गतिबिधी बढाएका छन् ।
निर्वाचन आयोगले आचारसंहितामा कडाई गरेपछि उम्मेदवारहरुले सामाजिक सञ्जाललाई बढी प्रयोग गरिएको पाइएको छ । तर, प्रयोगकर्ताहरुले सामाजिक सञ्जालको दुरुपयोग, फेक फेसबुक पेजमार्फत एक अर्को उम्मेदवारका बारेमा आरोपप्रत्यारोप समेत गरिरहेका छन् ।
यी सबै कार्य निर्वाचन आचारसंहिता विपरित रहेको छ भने अर्को जटिल समस्या भनेको प्रविधीको अधिकारमा समेत असर पारेको छ । इन्टरनेट प्रविधीको प्रयोगकर्ताहरु स्वयम् प्रविधी अधिकारबारे अनविज्ञ रहेकाले यसप्रतिको जोखिम समेत बढेको अवस्था रहेको छ ।
त्यसैले हामी इन्टरनेट प्रयोगकर्ताले होशियारपुर्वक सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । डिजिटल राइटस नेपालको सहकार्यमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा निर्वाचन आचारसंहिता, सामाजिक सञ्जाल र प्रविधी अधिकार विषयक अन्र्तक्रियका सहभागिहरु निर्वाचनका बेला सामाजिक सञ्जालको दुरुपयोगबारे सरोकारवाला निकायले विशेष अनुगमन गरि कारवाही गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा डिजिटल राईटस नेपालका अध्यक्ष अधिबक्ता सन्तोष सिग्देलले सो विषयमा प्रस्तुतीकरण गर्दै सामाजिक सञ्जालमा भ्रमक, मिथ्या सुचना, दुष्प्रचार गर्ने, द्वष्पुर्ण अभिव्यक्ती कसैको चरित्र हत्या गर्ने, व्यक्तिगत लान्छाना लगाउने, मानहानी गर्ने खालको सामाग्री प्रकाशन प्रशारण गर्न गराउन नहुने बताए । सामाजिक सञ्जालमा निर्वाचनलाई प्रतिकुल प्रभाव पर्ने कुनै विचार राख्न, प्रचार प्रसार गर्ने सामाग्रीपोष्ट गर्ने, सेयर गर्न गराउन नहुने र मतदाताको गोपनियता भङ्ग हुने कार्य गर्न गराउन नहुने कानून रहेकाले त्यसबाट सर्तक रहन उनले आग्रह गरे ।
कार्यक्रममा जिल्ला आचारसंहिता अनुगमन अधिकृत खडानन्द अधिकारीले जिल्लामा दल तथा उम्मेदवारहरुले आचारसंहिता उल्लंघन गर्नेबारे अनुगमन गरिएको र त्यसबारे कारवाही गरिएको भन्दै यदि त्यसो गरेको कसैले थाहा पाएमा खबर गर्न अनुरोध गरे ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्ज प्रमुख द्ववारिका अधिकारी, नेपाली काँग्रेसका बाँके सचिव सुधाम्सु कोइराला, नेकपा एमालेका दीपा शर्मा, राप्रपाका नन्दलाल बैश्य र जसपाका अम्बिका काफ्ले लगायतले आचारसंहिता बारे आ–आफनो विचार राखेका थिए । संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक राकेश मिश्रले सहजीकरण गरेका थिए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी