नगरेका दर्जन कामहरु निर्माण सम्पन्न भनि जनता झुक्याइन्
बैजापुर(बाँके) २९ कार्तिक : बाँके क्षेत्र नम्बर–१ प्रदेश ‘क’ बाट प्रदेश सभा सदस्यमा चुनावमा उठेकी कृष्णा केसी ‘नमुना’ले झुठको प्रचार गरिरहेकीछन् ।
जनताको भोट बटुल्न नमुनाले सार्वजनिक गरेको घोषणा पत्रमा झुठै–झुठ मात्र छ । दोस्रोपटक पुनः निर्वाचित हुने दाउमा चुनावी प्रचार–प्रसारमा रहेकी नमुनाले हुँदै नभएको, गर्दै नगरेको र अरुले निर्माण गरेको आफूले गरेको भन्दै जनताको घरदैलोमा पुगी प्रचार गरिरहँदा नमुनाप्रति जनतामा आक्रोस बढ्दै गएकोछ ।
नमुनाले आफ्नो निर्वाचन क्षेत्रमा यसअघि निर्वाचित भएपश्चात विकासको मूल फुटाएको डम्फू पिट्दै नगरेका दर्जन कामहरु निर्माण सम्पन्न भनि भोटका लागि जनता झुक्याइरहेकी छिन् ।
नमुनाले सार्वजनिक गरेको घोषणापत्रमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर–३ मा शित भण्डार निर्माणाधिन लेखेकीछन् । तर, सेतोखरी समाचारदाता स्थलगत पुग्दा वडा नम्बर–३ मा कहीँपनि शित भण्डार निर्माणाधिन छैन ।
यस्तै, राप्तीसोनारी गाउँपालिका वडा नम्बर–३ बैंसामा थारु संग्राहलय साँस्कृतिक ग्राम निर्माण सम्पन्न भनि नमुनाले आफ्नो घोषणा पत्रमा लेखेकी छन् । उक्त संग्राहलय ३ नम्बर वडा कार्यालयको बजेटबाट निर्माण भएको हो ।
उक्त वडाका निवर्तमान वडाअध्यक्ष गंगाराम थारुले सेतोखरीसँग भने–‘थारु संग्राहलय वडाको बजेटबाट मैले निर्माण गरेको हुँ । नमुनाले ल्याएको बजेटबाट निर्माण भएको होइन । यो झुठो कुरा हो ।’
नमुनाको घोषणापत्रमा सोही वडामा रहेको जनजागृति आधारभूत विद्यालय, नवलपुरको भवन निर्माण सम्पन्न उल्लेख गरिएकोछ । तर, सेतोखरीको स्थलगत रिर्पोटिङ्मा पिलर मात्र हालिएको छ । निर्माण सम्पन्न भएको छैन । एक वर्षदेखि अलपत्र अवस्थामा छ ।
यसैगरी, घोषणापत्रमा नरैनापुर–अगैया सडक कालोपत्रे निर्माणाधिन लेखिएकोछ । तर, कहीँपनि निर्माण सुरु नै भएको छैन । नमुनाले सार्वजनिक गरेको घोषणापत्रमा लेखेका धेरै कुराहरु झुठै–झुठ मात्र छ ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा जनता आवास कार्यक्रम अन्तर्गत दलित तथा विपन्नलाई २० घर निर्माणाधिन भनि घोषणापत्रमा उल्लेखछ । एउटा घर पनि निर्माणाधिन छैन ।
सोही वडामा खयरभट्ी, चुनभट्ी, गुरदनगौरी र झुरुवा खानेपानी आयोजना निर्माणाधिन रहेको घोषणापत्रमा लेखिएकोछ । तर, निर्माणाधिन नै छैन ।
उक्त वडाको सूर्योदय प्रावि गुरदनगौर भवन निर्माण कार्य समपन्न भनि नमुनाले घोषणापत्रमा लेखेकीछन् । त्यहाँ भवन बनेको छैन ।
जनतालाई झुटा आश्वासन दिदैँ, मतदाताका अघि धुरुधुरु रुँदै राप्तीपारी क्षेत्रमा आफूले नै विकासको मूल फुटाएको र यही कामलाई आधारमानि पुनः भोट दिएर जिताउन भन्दै नमुना लागि परेकी छन् ।
नमुनाले हुँदै नभएका, गर्दै नगरेका कामहरु गरेको, सम्पन्न भएको र केही निर्माणाधिन रहेको भन्दै आफ्नो घोषणा पत्रमा समेत ती योजना र कामहरु राखेकी छन् । यसरी जनतालाई झुक्याउँदै मत मागिरहेकी नमुनाप्रति बाँके क्षेत्र नम्बर–१ का जनता आक्रोसित बनेका हुन् ।
नमुनाको झुठको प्रचार–प्रसारले आक्रोसित बनेका मतदाताहरुले निर्वाचनमा परिणाम उल्टाइदिने भन्दै असन्तुष्टि पोखिरहेकाछन् । मतदाता प्रभावित पार्न विभिन्न हतकण्डा अपनाइरहेकी नमुना निर्वाचन क्षेत्रको राप्तीसोनारी र नरैनापुरमा सम्पन्न र चालु अवस्थामा रहेका योजनाहरुको सम्पूर्ण जस आफ्नो भएको झुठो दावि गरिरहेकीछन् ।
नमुनाले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेखित थुप्रै योजना जो सम्पन्न भए र निर्माणाधिन अवस्थामा रहेका छन् भनिएका ती योजना र कामहरु उक्त स्थानमा नभएको पाइएकोछ ।
थप समाचार
नमुना धुरुधुरु रुँदै प्रचार गर्दै
माओवादी नै भन्छन् : यी कारणले यसपाली नमुनालाई भोट हाल्न सक्दैनौं