बरिष्ठ सई भण्डारीको हृदयघातबाट मृत्यु


बरिष्ठ सई भण्डारीको हृदयघातबाट मृत्यु

नेपालगन्ज २९ कार्तिक : नेपालगन्ज विमानस्थलमा कार्यरत नेपाल प्रहरीका बरीष्ठ सई प्रेम भण्डारीको हृदयघातबाट मृत्यु भएकोछ ।

बैतडी स्थायी घर भएका बरीष्ठ सई भण्डारी ड्युटिमै रहेको अवस्थामा अचानक अस्वस्थ भई ढलेका थिए । नेपालगन्ज विमान स्थल सुरक्षा गार्ड ईन्चार्ज भण्डारीको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता एबम डिएसपी रामप्रसाद घर्तीमगरले पुष्टि गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

डिएसपी रामप्रसादका अनुसार वरीष्ठ सई भण्डारीको हृदयघातबाट निधन भएको पाइएकोछ । ड्युटिमै रहेको बेला मङ्गलबार बेलुका पौने ६ बजे उनको मृत्यु भएको हो । यद्यपी पोष्टमार्टम रिर्पोटबाट थाहा हुने उनले बताए ।
हृदयघातको लक्षण देखिएकोले पोष्टमार्टम रिर्पोटबाट मृत्युको कारण खुल्ने प्रहरीले बताएकोछ । उनको शव भेरी अस्पतालमा राखिएकोछ ।