नेपालगन्ज २९ कार्तिक : नेपालगन्ज विमानस्थलमा कार्यरत नेपाल प्रहरीका बरीष्ठ सई प्रेम भण्डारीको हृदयघातबाट मृत्यु भएकोछ ।
बैतडी स्थायी घर भएका बरीष्ठ सई भण्डारी ड्युटिमै रहेको अवस्थामा अचानक अस्वस्थ भई ढलेका थिए । नेपालगन्ज विमान स्थल सुरक्षा गार्ड ईन्चार्ज भण्डारीको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता एबम डिएसपी रामप्रसाद घर्तीमगरले पुष्टि गरे ।
डिएसपी रामप्रसादका अनुसार वरीष्ठ सई भण्डारीको हृदयघातबाट निधन भएको पाइएकोछ । ड्युटिमै रहेको बेला मङ्गलबार बेलुका पौने ६ बजे उनको मृत्यु भएको हो । यद्यपी पोष्टमार्टम रिर्पोटबाट थाहा हुने उनले बताए ।
हृदयघातको लक्षण देखिएकोले पोष्टमार्टम रिर्पोटबाट मृत्युको कारण खुल्ने प्रहरीले बताएकोछ । उनको शव भेरी अस्पतालमा राखिएकोछ ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ