झुठो आश्वासन दिदैँ ठगी गर्ने व्यक्ति प्रहरीको फन्दामा


झुठो आश्वासन दिदैँ ठगी गर्ने व्यक्ति प्रहरीको फन्दामा

गुलरिया (बर्दिया) २ मंसिर : सडक निर्माणमा काम गर्दै गरेका मजदुरहरुसँग घर बनाइदिने आश्वासन दिदैँ लाखौ रुपैयाँ ठगी गर्ने एक युवालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।

बर्दिया मधुवन नगरपालिका– ५ गाँउ नं. ११ निवासी ३६ वर्षिय धर्मराज उपाध्यायलाई प्रहरीले पक्राउ गरेको हो ।

धर्मराजले बारबर्दिया नगरपालिका–२ जोगी गाँउमा आफू सडक विभागको हाकिम भएको भन्दै सडक निर्माण कार्यमा रहेका मजदुरको समस्या समाधान गर्छु भनि लाखौं रुपैयाँ ठगि गरेका थिए ।

धर्मराजले मजदुरलाई थोरै लगानीमा घर बनाइदिने झुटो आश्वासन दिदँै आर्थिक संकलन गरी सम्पर्क विहिन भएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

पीडितको उजुरीपछि धर्मराजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले सेतोखरीलाई जानकारी दियो ।

मजदुरहरुले बाटो निर्माणमा काम गरिहेका अवस्थामा उनीहरुलाई पछ्याउँदै पक्की घर लागतको ५० प्रतिशत रकममा बनाइदिने भन्दै बारबर्दिया नगरपालिका वडा नम्बर–२ जोगीगाँउका सिता थारु, चिजन सिंह र वडा नम्बर–३ रामपुरका रुक्मणी थारुबाट दुइ लाख रुपैयाँ ठगी गरेको प्रहरीले बताएकोछ ।

धर्मराजलाई करिब एक महिनापछि पक्राउ गरिएको हो । प्रहरीले उनीमाथी ठगी सम्बन्धि कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेको बताएकोछ ।