गुलरिया (बर्दिया) ६ मंसिरः प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना जारी रहँदा बर्दियाका २ वटै क्षेत्रमा गठबन्धनका उम्मेदवार पछाडी परेका छन् ।
बर्दिया क्षेत्र नम्बर– १ र २ मा नागरिक उम्मुक्ती पार्टीले अग्रता लिएको छ । क्षेत्र नम्बर– १ मा नागरिक उम्मुक्ती पार्टी(ढकिया)का ठाकुरसिंह थारुले ६ हजार २ सय मत ल्याउँदै लिड गरिरहँदा गठबन्धनतर्फ नेपाली काँग्रेसका सञ्जय गौतमले ५ हजार ३ सय ४६ मत ल्याएकाछन् ।
गौतमले ८५४ मतान्तरले पछयाइरहेकाछन् । यस्तै नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीले ४ हजार ४० मत ल्या प्राप्त गर्दै गौतमलाई पछ्याइरहेकाछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुषालले एक हजार ७ सय ६३ मत ल्याएकाछन् ।
यस्तै बर्दिया क्षेत्र नम्बर–२ मा पनि गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेश पन्थ स्वतन्त्र उम्मेदवार लालविर चौधरी भन्दा पछाडी रहेकाछन् ।
नागरिक उम्मुक्ती पार्टीको समर्थन पाएका स्वतन्त्र उम्मेदवार लालविर चौधरीले १६ हजार ४ सय ५८ मत ल्याउँदा गठबन्धनकातर्फ नेकपा माओवादी केन्द्रका सुरेश पन्थले १० हजार ८ सय ९३ ल्याएका हुन् ।
सुरेश ५ हजार ६ सय ६५ मतान्तरले लालविरलाई पछ्याइरहेकाछन् । यस्तै नेकपा एमालेका पंकज सिंह राठौरले ६ हजार ५ सय ५५ मत ल्याएका छन्, भने राप्रपाका विनय रावलले ३ हजार ३ सय ३८ मत ल्याएकाछन् ।
कर्णाली मन्त्रिपरिषद् विरुद्ध अदालतमा रिट, समावेशी नभएकाे आराेप
बाँकेका एकजना निर्माण व्यवसायी ‘हनि ट्र्याप’, प्रेममा फँसाएर लाखौं असुल्ने महिला पक्राउ
कस्तो ‘सुरक्षा थ्रेट छ’ चोलेन्द्रलाई?
हिमलुङ हिमालमा ४ शव भेटिए, १२ जना अझै वेपत्ता
टुट्यो देशभरिको सडक सञ्जाल, लुम्बिनी र कर्णालीमा कति सडक अवरुद्ध छन्रु
चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए