नेपालगन्ज १५ मंसिरः बाँकेस्थित डुडुवा गाउँपालिकामा कार्यरत शिक्षक तथा बिद्यालय कर्मचारीको तलब, भत्ता तथा छात्रवृत्ति दिवाखाजा जस्ता नियमित बजेट बिद्यालयमा साउन महिनादेखी निकासा नभएकोप्रति नेपाल शिक्षक महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ बाँकेका अध्यक्ष पवनकुमार यादव र सचिव महेशकुमार शर्माले बिहीबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।
गाउँपालिकामा काँग्रेस र एमाले तथा जनता समाजवादी पार्टी(जसपा)का जनप्रतिनिधिबीच बढेको असमझदारीका कारण ११ औं गाउँसभा बस्न सकेको छैन । गाउँसभा बस्न नसक्दा गाउँपालिकाले सञ्चालन गर्ने विकास योजना ठप्प हुनुका साथै कर्मचारी तथा शिक्षकको तलब, भत्ता पनि निकासा हुन नसकेको हो ।
शिक्षक तथा बिद्यालय कर्मचारीले तलब नपाएको र बिद्यालयका दैनिक कामकाजहरुमा अत्यन्तै कठिन स्थिती सृजना भएकोमा नेपाल शिक्षक महासंघको ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाइएको छ ।
यस विषयमा सरोकारवालाले समयमै समस्या समाधान नगरेमा नेपाल शिक्षक महासंघ चरणवद्ध कडा आन्दोलन गर्न बाध्य हुने र सो को सबै जिम्मा सम्बन्धित सरोकारवालाले लिनुपर्ने चेतावनी दिइएको छ ।
थप समाचार
जसपा र एमालेका कारण दशैंको मुखमा डुडुवाका शिक्षकले तलब पाएनन्
डुडुवामा एमाले र जसपाको दादागिरी : बहुमतको आडमा बैठक अवरोध गर्दै
डुडुवामा एमाले र जसपाको भाँजो कायमै : गणपुरक संख्या नपुगेपछि गाउँसभा बैठक स्थगित
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?
सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ