डुडुवाका शिक्षक, कर्मचारीले तलब भत्ता पाएनन्, समस्या समाधान नगरे आन्दोलन गर्ने चेतावनी


डुडुवाका शिक्षक, कर्मचारीले तलब भत्ता पाएनन्, समस्या समाधान नगरे आन्दोलन गर्ने चेतावनी

नेपालगन्ज १५ मंसिरः बाँकेस्थित डुडुवा गाउँपालिकामा कार्यरत शिक्षक तथा बिद्यालय कर्मचारीको तलब, भत्ता तथा छात्रवृत्ति दिवाखाजा जस्ता नियमित बजेट बिद्यालयमा साउन महिनादेखी निकासा नभएकोप्रति नेपाल शिक्षक महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ बाँकेका अध्यक्ष पवनकुमार यादव र सचिव महेशकुमार शर्माले बिहीबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।

गाउँपालिकामा काँग्रेस र एमाले तथा जनता समाजवादी पार्टी(जसपा)का जनप्रतिनिधिबीच बढेको असमझदारीका कारण ११ औं गाउँसभा बस्न सकेको छैन । गाउँसभा बस्न नसक्दा गाउँपालिकाले सञ्चालन गर्ने विकास योजना ठप्प हुनुका साथै कर्मचारी तथा शिक्षकको तलब, भत्ता पनि निकासा हुन नसकेको हो ।

शिक्षक तथा बिद्यालय कर्मचारीले तलब नपाएको र बिद्यालयका दैनिक कामकाजहरुमा अत्यन्तै कठिन स्थिती सृजना भएकोमा नेपाल शिक्षक महासंघको ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यस विषयमा सरोकारवालाले समयमै समस्या समाधान नगरेमा नेपाल शिक्षक महासंघ चरणवद्ध कडा आन्दोलन गर्न बाध्य हुने र सो को सबै जिम्मा सम्बन्धित सरोकारवालाले लिनुपर्ने चेतावनी दिइएको छ ।

थप समाचार

जसपा र एमालेका कारण दशैंको मुखमा डुडुवाका शिक्षकले तलब पाएनन्

डुडुवामा एमाले र जसपाको दादागिरी : चार महिनादेखि अबरुद्ध गाउँपालिकाको सेवा प्रवाहबारे अधिकारकर्मीको चासो

डुडुवामा एमाले र जसपाको दादागिरी : बहुमतको आडमा बैठक अवरोध गर्दै

डुडुवामा एमाले र जसपाको भाँजो कायमै : गणपुरक संख्या नपुगेपछि गाउँसभा बैठक स्थगित