बयर खान गएका दुई युवतीको राप्ती नदीमा डुबेर मृत्यु


बयर खान गएका दुई युवतीको राप्ती नदीमा डुबेर मृत्यु

नेपालगन्ज १८ मंसिर : बाँकेको राप्ती नदीमा डुबेर दुई जना युवतीको मृत्यु भएको छ ।

बयर टिप्न राप्तीको टापुमा पुगेका राप्तीसोनारी गाउँपालिका वडा नम्बर –६ फत्तेपुर (डाँडा टेपरी) निवासी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारुको मृत्यु भएको हो ।

बयर टिप्न भनि शनिबार घरबाट निस्केका उनीहरु राप्तीमा डुबेर बेपत्ता भएका थिए । दुबै जनाको शव आईतबार बिहान राप्तीसोनारी गाउँपालिका–६ खल्लाटपरी स्थित राप्ती नदीमा फेला परेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले फेला पारेका थिए ।

अस्थायी प्रहरी चौकी फत्तेपुर (ख) का इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक यमबहादुर बस्नेतले बेपत्ता भएका दुबै जनाको शव भेटिएको जानकारी दिए । शव पोष्टमार्टमका लागि नेपालगन्ज ल्याइएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

प्रहरीका अनुसार बयर टिप्न गाउँका ७ जना युवती गएका थिए । ति मध्ये नदीमा ५ जना पौडी खेलेर बाँच्न सफल भएपनि दुई जना वेपत्ता भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।