कोहलपुरस्थित पुर्बपश्चिम गेस्ट हाउसमा विशाल मृत भेटिए


कोहलपुरस्थित पुर्बपश्चिम गेस्ट हाउसमा विशाल मृत भेटिए

नेपालगन्ज २० मंसिर : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर– ११ बसपार्क पछाडी रहेको पुर्बपश्चिम गेस्ट हाउसमा एक युबक मृत फेला परेका छन् । सोमबार राती बर्थडे मनाउन आएका विशाल सिंह नामका युवक मृत अवस्थामा फेला परेको प्रहरीले बताएकोछ ।

होटेल पुर्ब पश्चिममा कोहलपुर नगरपालिका वडा नम्बर– ६ घर भएका विशाल सिंह मृत अबस्थामा भेटिएका हुन् । भारतको कारगिलबाट घर जाने भनेर विशाल र उनका साथी बिजयकुमार सिंह सगै हिँडेका थिए ।

मृतकसँगै आएका विजय सिंहका अनुसार कोहलपुर आएपछि आफ्नो जन्मदिन मनाउने भनेर कोहलपुरको पुर्बपश्चिम होटलमा रुम लिएर बसेका थिए । रुममा ‘दारुपार्टी’ चलेको उनका साथीहरुले बताएका छन् । दारु(रक्सी)कै कारण निजको मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेपनि अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ ।

मृतक विशालले आफ्ना अरु २ जना साथी सुदीप सुनार र सुशील शाहीलाई बोलाई जन्मदिन मनाएको सिंहको भनाई छ । जन्मदिन मनाएर राती १ बजे सुतेका विशाल बिहान उठाउँदा नउठेपछि होटल सञ्चालक जय बहादुर नाथलाई बोलाएको उनको भनाई छ ।

Kids Festival 2022
kanti aarogya hospital

होटल सञ्चालक नाथका अनुसार बिहान तीन पटक उठाउन जाँदा नउठेको र पछि उनीहरुसँगै सुतेको एक जनाले डाक्टर बोलाउनु पर्यो भन्दा होटल सञ्चालक झस्किएका थिए । उनलाई मृत भेटेपछि आफुले प्रहरीलाई खबर गरेको नाथले बताए ।

प्रहरीले मृतकसँगै बसेका अन्य तीन जनामाथि अनुसन्धान अगाडी बढाएको ईलाका प्रहरी कार्यलय कोहलपुरका प्रमुख डिएसपी ऐन बहादुर मल्लले जानकारी दिए ।