सिमकोट पुग्यो ७ सदस्यीय प्राविधिक टोली, तारा एयरको जहाज मर्मत गरिदैँ


सिमकोट पुग्यो ७ सदस्यीय प्राविधिक टोली, तारा एयरको जहाज मर्मत गरिदैँ

नेपालगन्ज २२ मंसिर: बुधवार मध्यान्ह चीलसँग ठोकिएर क्षति पुगेको तारा एयरको जहाजको मर्मतका लागि प्राविधिक टोली सिमकोट पुगेको छ । सिमिकोट पुगे लगत्तै क्षति पुगेको भागको मर्मत कार्य समेत प्राविधिक टोली सुरु गरेको हो ।

तारा एयर सिमकोटका सहायक इन्चार्ज नुर्वु लामाले प्राविधिक जनक तामाङको नेतृत्वमा सात सदस्यीय टोली बिहीबार बिहानै नेपालगन्जबाट सिमकोट पुगेको बताए ।

उनले टोली सिमकोट आई पुगे लगत्तै जहाजको नोजभित्र रहेको चीललाई निकालि मर्मत कार्य सुरु गरेको बताए । प्राविधिक टोलीले जति सक्दो चाँडो क्षति पुगेको जहाजको मर्मत कार्य हुने जनाएको छ ।

बुधवार सर्केगार्ड र अदानचुली गाउँपालिकाको सीमानामा पर्ने मनेलेक क्षेत्रमा तारा एयरको ट्विनअटर विमान चीलसँग ठोक्किँदा जहाजको अग्र भागमा क्षति भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्जदेखि हुम्लाको सिमकोट विमानस्थलका लागि कार्गो उडान भरेर गईरहेको जहाजमा चील ठोकिएको थियो । तारा एयरको नाईन एन–एकेल कलसाईन भएको जहाज बुधवार दिउँसो १२ः४५ बजे सिमकोट विमानस्थलमा अवतरण गर्न दुई मिनेट बाँकी रहँदा जहाज चीलसँग ठोक्किएको हो ।

पाइलट, को–पाइलट र एयर होस्टेज गरी तीनजना सवार जहाज सिमकोट विमानस्थलमा सकुसल अवतरण गरेको थियो ।