२४५३८ सवारी दुर्घटना हुँदा २८८३ जनाको मृत्यु : आयोग


२४५३८ सवारी दुर्घटना हुँदा २८८३ जनाको मृत्यु : आयोग

नेपालगन्ज २२ मंसिर : एक वर्षमा २४ हजार ५ सय ३८ सवारी दुर्घटना हुँदा २ हजार ८ सय ८३ जनाको मृत्यु भएको पाइएकोछ ।

राष्ट्रिय मानवअधिकार आयोगद्वारा सार्वजनिक एक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा सवारी दुर्घटनाबाट देशभर २ हजार ८८३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी ७ हजार २८२ जना घाइते भएको आयोगले जनाएको छ ।

आयोगको आव २०७८/०७९ को वार्षिक प्रतिवेदनअनुसार नेपालमा गत वर्ष २४ हजार ५३८ वटा सवारी दुर्घटना भएका थिए ।

दुर्घटनाको मुख्य कारण पुराना सवारी साधनको प्रयोग, सवारी साधनको भार बहन क्षमताभन्दा बढी यात्रु आदि रहेका आयोगले उल्लेख गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

दुर्घटनाका अन्य कारणहरूमा कमजोर र गुणस्तरहीन सडक, बिना मापदण्ड सडक निर्माण, चालकको लापरबाही, जनचेतनाको कमी लगायतले दुर्घटना बढिरहेको प्रतिवेदनमा उल्लेख छ ।