File Photo
नेपालगन्ज २४ मंसिर : कर्णालीमा डोजर खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएकाछन् । अन्य तीन जना घाइते भएका छन् ।
कालीकोटमा निर्माणाधीन बहुचर्चित फुकोट जलाशययुक्त जलविद्युत आयोजनामा काम गरिरहेको डोजर दुर्घटनामा परेको हो ।
आयोजनामा काम गरिरहेको डोजर कर्णाली नदीमा खस्दा दुईजनाको मृत्यु भएको हो भने दुईजना बेपत्ता भएका हुन् ।
कालीकोट सान्नीत्रिवेणी गाउँपालिका– १ लालीघाटस्थित लुसाभिरबाट डोजर नदीमा खसेको हो । दुर्घटनामा सान्नीत्रिवेणी–१ का १७ वर्षीय चरित्र विक, १४ वर्षका युवराज बुढाको मृत्यु भएको प्रहरीले जनाएकोछ ।
दुर्घटनामा डोजर चालक सान्नीत्रिवेणी–१ का कमल सोडारी र उमेश गिरी बेपत्ता भएका छन् । घाईते हुनेमा मिलन शाही, विवेक भारती र विकास भारती रहेका छन् । कर्णालीमा बेपत्ता भएकाको खोजी कार्य जारी छ ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ