कर्णालीमा डोजर खस्यो : दुई जनाको मृत्यु, दुई बेपत्ता


कर्णालीमा डोजर खस्यो : दुई जनाको मृत्यु, दुई बेपत्ता

File Photo

नेपालगन्ज २४ मंसिर : कर्णालीमा डोजर खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएकाछन् । अन्य तीन जना घाइते भएका छन् ।

कालीकोटमा निर्माणाधीन बहुचर्चित फुकोट जलाशययुक्त जलविद्युत आयोजनामा काम गरिरहेको डोजर दुर्घटनामा परेको हो ।

आयोजनामा काम गरिरहेको डोजर कर्णाली नदीमा खस्दा दुईजनाको मृत्यु भएको हो भने दुईजना बेपत्ता भएका हुन् ।

कालीकोट सान्नीत्रिवेणी गाउँपालिका– १ लालीघाटस्थित लुसाभिरबाट डोजर नदीमा खसेको हो । दुर्घटनामा सान्नीत्रिवेणी–१ का १७ वर्षीय चरित्र विक, १४ वर्षका युवराज बुढाको मृत्यु भएको प्रहरीले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

दुर्घटनामा डोजर चालक सान्नीत्रिवेणी–१ का कमल सोडारी र उमेश गिरी बेपत्ता भएका छन् । घाईते हुनेमा मिलन शाही, विवेक भारती र विकास भारती रहेका छन् । कर्णालीमा बेपत्ता भएकाको खोजी कार्य जारी छ ।