File Photo
नेपालगन्ज २६ मंसिर : जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । प्रहरीका अनुसार ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । सोमबार दिउँसो साढे ४ बजे छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको हो ।
चालक मान बहादुर रावतले चलाएको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा आफैँ अनियन्त्रित भएर २०० मिटर तल खसेको थियो ।
अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय दशेराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली उद्दारमा खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घटनास्थल ईलाका प्रहरी कार्यालय दशेराबाट करिब ८ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालयबाट ४६ किलोमिटर पश्चिम रहेको छ ।
जाजरकोट जीप र्दुघटनामा मृत्यु हुने मृतकको नामावली यसप्रकार छ–
१)चालक मानबहादुर रावत –भगवतीमाई गाउँपालिका– २ दैलेख
२)अम्मर बहादुर खड्का – भगवतीमाई गाउँपालिका दैलेख
३)सुरेन्द्र केसी– भगवतीमाई –३ दैलेख
४)वीर बहादुर खत्री –छेडागाड नगरपालिका–६ जाजरकोट
५)जयकुमार बुढा– छेडागाड ५ जाजरकोट
६)नैसरा अधिकारी– छेडागाड ५ जाजरकोट
७)राम बहादुर बुढा – छेडागाड ६ जाजरकोट
८)दीपक अधिकारी– छेडागाड ५ जाजरकोट
९) देवीसरा बुढा –छेडागाड ५ जाजरकोट
१०)अम्मर बहादुर अधिकारी–छेडागाड ५ जाजरकोट
११)निशा अधिकारी –छेडागाड जाजरकोट
घाइते छेडागाड – २ का जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी