श्रीमतीको माया, लागुऔषध लिएर हिरासतमा श्रीमान् भेट्न गएपछि...


श्रीमतीको माया, लागुऔषध लिएर हिरासतमा श्रीमान् भेट्न गएपछि...

नेपालगन्ज २७ मंसिरः फलफूलमा लुकाएर प्रहरी हिरासतमै रहेका श्रीमानलाई ब्राउन सुगर पु¥याउने एक महिला पक्राउ परेकी छन् ।

दाङ प्रहरीको हिरासतमा रहेका श्रीमानलाई लागुऔषध लिएर भेट्न पुगेकी उनकी श्रीमती शान्ति घर्र्ती खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

केही दिन पहिले लागुऔषधसहित पक्राउ परि हिरासतमा रहेका घोराही–१५ का २२ वर्षीय अशोक खड्कालाई भेट्न उनकी श्रीमती शान्तिले १२० मिलिग्राम ब्राउनसुगर फलफुलमा लुकाएर पु¥याएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक(डिएसपी) राजनकुमार गौतमका अनुसार प्रहरी हिरासतमा राखेर लागुऔषध मुद्दा चलाई अनुसन्धान जारी राखेकै बेला सोमबार बिहान पौने ९ बजेतिर श्रीमानलाई फलफूल दिन भनेर हिरासतमा पुगेकी उनकी श्रीमती शान्तिले लुकाएर श्रीमानलाई ब्राउन सुगर दिएको तथ्य खुलेपछि उनी पक्राउ परेकी हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

शान्तिले लगेको सामान चेक गर्ने क्रममा केरामा लुकाएको अवस्थामा पाँच पुरिया ब्राउन सुगर बरामद भएको उनले बताए । उक्त ब्राउन सुगरको तौल गर्दा एक सय २० मिलिग्राम रहेको डिएसपी गौतमले जानकारी दिए ।

प्रहरीले शान्तिलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । उनीमाथि लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाउने तयारी भइरहेको गौतमले बताए ।