गजुरमुखीको बदमासी : पाँच वर्षमा पनि बनेन दुई किलोमिटर सडक


गजुरमुखीको बदमासी : पाँच वर्षमा पनि बनेन दुई किलोमिटर सडक

File Photo

नेपालगन्ज ५ पुष: नेपालगन्ज–गुलरिया सडक निर्माणमा गजुरमुखी कन्स्ट्रक्सनले ५ वर्षदेखि बदमासी गर्दै आएकोछ । उक्त सडक निर्माणको ठेक्का पाएको गजुरमुखी कन्स्ट्रक्सनले सडक निर्माणमा ५ वर्षदेखि बहानाबाजी गर्दै ठूलो लापरबाही समेत गरेकोछ ।

विकास निर्माणमा ठेकेदार कम्पनीले कमसल निर्माण सामाग्री प्रयोग गर्ने र समयमै कार्यसम्पादन नगर्दा यसअघि सास्ती भोगेको खजुुराबासीले सडक आन्दोलन समेत गरेका थिए । निर्माण कम्पनिको बदमासी र सम्बद्ध सरोकारवालाको उदासिनताका कारण यतिबेला नेपालगन्ज–गुलरिया सडकको अवस्था दयनिय छ ।

गजुरमुखी कन्स्ट्रक्सन निर्माण कम्पनीको अटेरिपन र सम्बद्ध सरोकारवालाको मौनताका कारण करिब एक हजार आठ सय मिटर सडक बनाउन साढे पाँच वर्ष बितेको छ । तर, सडक निर्माण कार्य अझैँ पूरा हुन सकेको छैन ।

चारलेन सडक विस्तारका नाममा स्थानीय जनता र व्यवसायीको स्वास्थ्य तथा सुरक्षाप्रति लापरबाही गरिएकोछ । सडक निर्माणको ठेक्का सम्झौता म्याद सकिएपनि सडक निर्माण सम्पन्न सडकमा दिनहुँ जसो दुर्घटना हुने र धुलोले सर्वसाधरणको आवागमन, स्वास्थ्य एवम ब्यवयसाय प्रभावित बन्दै गएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

बाँकेको खजुरा गाउँपालिकाको ईलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको १८ सय मिटर सडक निर्माणको काम पाँच वर्षदेखि पूरा हुन सकेको छैन ।

बर्दियाको जिल्ला प्रहरी कार्यालयदेखि भादा घाटसम्म र बाँकेको खजुरा स्थित धनौली प्रहरी चौकीदेखि खजुर–१ नम्बरसम्मकोे फोरलेन सडक गरि जम्मा ४ किलो मिटर कालो पत्रे गर्नका लागी २०७४ साल वैशाखमा गजुरमुखी कन्स्ट्रक्सनले २१ करोड ४९ लाख ३३ हजार रुपैयाँमा जिम्मा लिएको सडक डिभिजन कार्यालय बाँकेले जनाएकोछ ।

सो कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाए पनि ६६ महिना बित्दासम्म अझै सडक अपुरो नै छ । कोरोना महामारीको कारण देखाउँदै पटक–पटक म्याद थपाउने काम भने भइरहेको छ । विभिन्न बहानामा पटक–पटक म्याद थपिए पनि निर्माणको काम अझैसम्म पूरा हुन सकेकोछैन ।

२०७७ साल चैत्र मसान्तमा सम्झौता म्याद सकिएपनि गजुरमुखीले म्याद थपका लागी समेत निवेदन दिन आनाकानी गर्ने र सन्तोषजनक जवाफ नदिने गरेको सडक डिभिजन जनाएकोछ ।

सडक डिभिजन कार्यालय नेपालगन्जका अनुसार कोरोनाको महामारी र मौसम प्रतिकूलताका कारण तोकिएको समयमै काम नसकिएको जानकारी गराएर निर्माण कम्पनीले म्याद थप गर्दै आएको छ ।

सडक विभागका एक कर्मचारीका अनुसार उक्त कम्पनी अत्यन्त अटेरी रहेको बताए । सेतोखरीसंग कुरा गर्दै ती अधिकारीले भने– ‘गजुरमुखि कन्स्ट्रक्सनको यस्तै रवैयाले हामी आजित बनेका छौं, कार्यसम्पादन समयमै नसक्ने, कमसल काम गरि बीलभर्पाइ फच्छ्र्यौट गर्न मात्र खोज्छ ।’ गजुरमुखीले हुलाकी सडक अन्र्तगत बाँके र बर्दियाको सडक निमार्णको ठेक्का पाएको छ ।

बर्दियाको गुलरिया र बाँकेको खजुरामा निर्माण जिम्मा लिएको गजुरमुखिका कारण निर्माणाधिन सडक काम पुरा हुनु अगावै ठाउँठाउँमा समेत भत्किदै गएकोछ ।

यसअघि नेपालगन्ज–राजापुर हुलाकी राजमार्ग अन्तर्गत बर्दियाको गुलरिया स्थित जिल्ला प्रहरी कार्यालयदेखि भादा घाटसम्मको फोरलेनको कालो पत्रे उप्किएको थियो । एक हजार ८ सय मिटरको यो बाटो पछि मर्मत गरिएको थियो ।

एउटै कन्स्ट्रक्सनले बाँके र बर्दियाको बाटो मर्मतका लागी काम गरिरहँदा कमसल सामाग्रीको प्रयोगले हप्ता दिनमै सडक भत्किदाँ र निर्धारित समयमा कार्य सम्पादन नगर्दा सम्बद्ध सरोकारवालाले समेत कुनै ‘एक्सन’ लिन सकिरहेका छैनन् ।

थप समाचार

अटेरी गजुरमुखीलाई कारबाही गर

गजुरमुखी कन्स्ट्रक्सनको बदमासी : २१ करोड बढि लागतमा निर्माण भइरहेको नेपालगन्ज–गुलरिया सडकमा कमसल सामाग्री प्रयोग