गजुरमुखी कन्स्ट्रक्सनको बदमासी : २१ करोड बढि लागतमा निर्माण भइरहेको नेपालगन्ज–गुलरिया सडकमा कमसल सामाग्री प्रयोग


गजुरमुखी कन्स्ट्रक्सनको बदमासी : २१ करोड बढि लागतमा निर्माण भइरहेको नेपालगन्ज–गुलरिया सडकमा कमसल सामाग्री प्रयोग

गुलरिया (बर्दिया) १९ पुष : नेपालगन्ज– गुलरिया सडक निर्माणमा गजुरमुखी कन्स्ट्रक्सनले ठूलो बदमासी गरेका पाइएकोछ । नेपालगन्ज–गुलरिया सडक निर्माणको ठेक्का पाएको गजुरमुखी कन्स्ट्रक्सनले उक्त सडक निर्माणमा ठूलो लापरबाही गरेको छ । जसका कारण निर्माणाधिन सडक काम पुरा हुनु अगावै ठाउँठाउँमा भत्किदै गएकोछ ।

विकास निर्माणमा ठेकेदार कम्पनीले कमसल निर्माण सामाग्री प्रयोग गर्ने ज्वलन्त उदाहरण नेपालगन्ज–गुलरिया सडक निर्माणको कार्यलाई हेर्दा पुष्टि हुन्छ ।

अघिअघि सडक निर्माण कार्य भइरहेको छ पछिपछि नव निर्मित सडक भत्किरहेकोछ । यो गजुरमुखि कन्स्ट्रक्सनले निर्माण गरिरहेको सडकको वर्तमान अवस्था हो । निर्माण कम्पनिको बदमासी र सम्बद्ध सरोकारवालाको उदासिनताका कारण यतिबेला नेपालगन्ज–गुलरिया सडकको अवस्था दयनिय बन्दै गएकोछ ।

नेपालगन्ज–राजापुर हुलाकी राजमार्ग अन्तर्गत बर्दियाको गुलरिया स्थित जिल्ला प्रहरी कार्यालयदेखि बबई नदि स्थित भादा घाटसम्म निर्माण भइरहेको फोरलेनको बाटो कालो पत्रे गर्ने क्रममा कमसल सामाग्रीको प्रयोग भएको पाइएकोछ । जसका कारण निर्माण कार्य भइरहँदा गरिएको पिच उप्किएको पाइएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गमा पर्ने जिल्ला प्रहरी कार्यालय बर्दियादेखि भादा घाटसम्मको १ हजार ८ सय मिटर अर्थात १ किलो मिटर ८ सय मिटर लम्बाई फोरलेनको बाटो मर्मत कार्य जारी रहेको छ । पुर्वतर्फ भादा घाटबाट निर्माण सुरु गरिएको फोर लेनको बाटो सम्पन्न नहुदँै दर्जनौ स्थानमा भत्किएको पाइएको छ ।

पुर्वतिरबाट बाटो पिच हुदँै आएको छ, भने पश्चिमको अन्तिम भाग जिल्ला प्रहरी कार्यालयसम्म नपुग्दै पुर्वतर्फको बाटोमा गरिएको पिच उप्किएको छ । यतिमात्र होइन सो बाटोका विभिन्न स्थानमा खाल्टाखुल्टि परेका छन् । सडक पिच गरेको दुइ हप्ता नपुग्दै उप्किएपछि उक्त सडक निर्माणमा कमसल सामाग्री प्रयोग गरिएको पुष्टि हुन्छ ।

यता सोहि कन्स्ट्रक्सनले निर्माण गरिहेको बाँकेको खजुर क्षेत्रको पनि कालो पत्रे सडकको अवस्था उस्तै छ । हुलाकी राजमार्ग अन्तरगत बाँकेको खजुरा बजारमा निर्माण भइरहेको २ हजार २ सय मिटर अर्थात २ किलो मिटर २ सय मिटरको फोरलेनको बाटोको कालोपत्रे पनि दुई हप्ता नपुग्दै भत्किएको छ ।

एउटै कन्स्ट्रक्सनले बाँके र बर्दियाको बाटो मर्मतका लागी काम गरिरहँदा कमसल सामाग्रीको प्रयोगले हप्ता दिनमै सडक भत्किएको पाइएको हो ।

बर्दियाको जिल्ला प्रहरी कार्यालयदेखि भादा घाटसम्म र बाँकेको खजुरा स्थित धनौली प्रहरी चौकीदेखि खजुर–१ नम्बरसम्मकोे फोरलेन सडक जम्मा ४ किलो मिटर कालो पत्रे गर्नका लागी गजुरमुखी कन्स्ट्रक्सनले २१ करोड ४९ लाख ३३ हजार रुपैयामा जिम्मा लिएको सडक डिभिजन कार्यालय बाँकेका प्रमुख होमबहादुर एसीले बताए ।

स्थानीयबासीले सडक निर्माणमा चासो दिनु स्वभाविक भएको भन्दै एसीले मर्मत भैरहेको फोरलेन सडक पिच उप्किएको भन्ने विषयमा सम्बन्धित निर्माण कम्पनीलाई जानकारी गराइएको बताए ।

उनले २०७७ साल चैत्र मसान्तमा सम्झौता म्याद सकिएको बताउँदै उक्त कन्स्ट्रक्सनले म्याद थपका लागी निवेदन समेत नदिएको बताए । म्याद थपका लागि समेत निवेदन नआएको र काम किन ढिला भएको हो भन्ने विषयमा पनि आफुहरुले बुझिरहेको बताए ।

बर्दियाको गुलरिया र बाँकेको खजुरामा निर्माण जिम्मा लिएको उक्त सडक निर्माणमा कमसल सामाग्री प्रयोग भएको भन्ने जिज्ञासामा उनले भने कमसल समाग्री प्रयोग भए नभएको विषयमा अनुगम गरेपछि पत्ता लाग्ने बताए ।
एक त समयमै निर्माण गर्न नसक्ने ढिलो काम गर्ने त्यसमाथि पनि कमसल सामाग्रीको प्रयोग हुँदा निर्माण भैरहेको फोरलेन सडकका विषयमा पनि सोच्नुपर्नेै बेला आएको गुलरियाका स्थानीयबासी नरेश देवकोटा बताउँछन् ।

सो फोरनेलको बाटो कालो पत्रे गर्ने स्थानमा दिनहुँ जसो जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सूनार, जिल्ला प्रहरी कार्यालयका प्रमुख ईश्वर कार्कीदेखि लिइर जनप्रतिनिधि हुदँै संघीय तथा प्रदेशका सभासद तथा मन्त्री हिँडदा समेत यो कसरी र किन भत्किएको हो भनेर चासो नदिने गरेको स्थानीयबासीहरुको भनाई रहेको छ ।

निर्माण कम्पनी गजुरमुखि कन्स्ट्रक्सनका बामदेव रेग्मीले सडकको बेस भत्किएको स्थानमा मर्मत कार्य जारी रहेको बताए । तर, कालो पत्रेको बेस नै भत्किएपछि अब मर्मत गदै बनाउँदै गरेको बाटोको गुणस्तरको विषयमा सम्बन्धित निकाय मौन बस्नुले धेरै कुराको संकेत गरेको छ ।