चिसोमा जीवन रक्षाको माग गर्दै गृह मन्त्रालयको ध्यानाकषर्ण


चिसोमा जीवन रक्षाको माग गर्दै गृह मन्त्रालयको ध्यानाकषर्ण

नेपालगन्ज १४ पुष : ह्वात्तै बढेको चिसो तथा शीतलहरबाट बच्नका लागि पुर्व तयारी बारे बाँके प्रशासनमार्फत गृह मन्त्रालयको ध्यानाकषर्ण गराइएको छ ।

बाँकेका नागरिक समाजका अगुवाहरुको एक समुहले आज बिहीबार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई देशका पश्चिम जिल्लाहरुमा एक्कासी बढेको चिसोको व्यवस्थापन तथा पुर्व तयारीका बारेमा ध्यानाकषर्ण गराएको हो ।

अहिले बाँकेमा चिसो बढेपछि शीतलहर र कुहिरोका कारण जेष्ठ नागरिक, असहाय, बालबालिका, दिर्घरोगी, मजदुर, अति विपन्न परिवारका नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल असर परि विरामी भई जनजिवन कष्टकर हुन थालेको छ । सो कुरालाई मध्यनजर गर्दै ५ बँुदे ध्यानाकषर्ण गराइएको हो ।

शीतलहरका कारण मानव जीवनमा पर्न सक्ने असर र सोबाट बच्ने उपायका बारे प्रत्येक गाउँ, टोलमा जनचेतना फैलाउने कार्य तत्काल गर्न गराउन, चिसो तथा शीतलहरका कारण नागरिकको जिवन रक्षार्थ प्रत्येक टोलटोलमा निःशुल्क दाउराको व्यवस्था गर्न, ज्येष्ठ नागरिक, असहाय, बालबालिका, दीर्घरोगी, अतिविपन्न परिवारका नागरिकहरुलाई जाडो तथा शीतलहरबाट सुरक्षित राख्नका लागि न्यानो कपडा तथा उचित राहतको व्यवस्थापन गर्न, शीतलहरका कारण हुन सक्ने विरामीलाई औषधी उपचारको यथोचित समयमा व्यवस्थापन तथा पुर्वतयारीको राम्रो ब्यवस्थापन गर्न र विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसारको मानवीय काम कारबाहीलाई अघि बढाउन माग गरि सोको कार्यन्वयनका लागि ज्ञापनपत्र बुझाइएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी नेतृत्वको समुहले बिहीबार उक्त ज्ञापनपत्र बुझाएको छ ।

तिवारीसँगै बाँके ज्येष्ठ नागरिक कृष्णमुरारीप्रसाद भट्ट, सूचना अभियन्ता शैलेन्द्र बैश्य, नरसिंह सोनी, अरुण तिवारीको समुहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीमार्फत ज्ञापनपत्र बुझाएको हो ।

थप समाचार

नेपालगन्जको तापक्रम घट्दोक्रममा, चिसोका कारण भेरी अस्पतालमा विरामी बढे

चिसो बढ्दा नेपालगन्जको जनजीवन प्रभावित