नेपालगन्ज २९ पुष : बाँके प्रहरीले भन्सार छली ल्याएको सामान बरामद गरेकोछ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले एक लाख बढीको अबैध सामान बरामद गरेको हो ।
प्रहरीले चिनी, सुर्ती, कपडा लगायतका सामान बरामद गरेको छ । चिनी ३ बोरा, सेलो पेन १० कार्टुन, सुपरपावर सुर्ती एक सय पोका, जेन्टस् सुट कपडा ६ थान, लेडिज सुट १४ पिस, ८० केजी भेली र २ बोरा पिठो रहेकोछ ।
बरामद गरेको यी सबै सामानको अन्दाजी मूल्य एक लाख १२ हजार ९ सय ५० रहेकोछ । भने बरामद सबै सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएकोछ ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ