जमुनाह प्रहरीद्वारा अबैध सामान बरामद


जमुनाह प्रहरीद्वारा अबैध सामान बरामद

नेपालगन्ज २९ पुष : बाँके प्रहरीले भन्सार छली ल्याएको सामान बरामद गरेकोछ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले एक लाख बढीको अबैध सामान बरामद गरेको हो ।

प्रहरीले चिनी, सुर्ती, कपडा लगायतका सामान बरामद गरेको छ । चिनी ३ बोरा, सेलो पेन १० कार्टुन, सुपरपावर सुर्ती एक सय पोका, जेन्टस् सुट कपडा ६ थान, लेडिज सुट १४ पिस, ८० केजी भेली र २ बोरा पिठो रहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

बरामद गरेको यी सबै सामानको अन्दाजी मूल्य एक लाख १२ हजार ९ सय ५० रहेकोछ । भने बरामद सबै सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएकोछ ।