बलात्कार मुद्दामा पल शाह निर्दोष ठहर, अझै थुनामै रहने


बलात्कार मुद्दामा पल शाह निर्दोष ठहर, अझै थुनामै रहने

File Photo

नेपालगन्ज ३ माघ : बलात्कार मुद्दामा तनहुँ र नवलपुर दुवै अदालतबाट सफाइ पाए पनि कलाकार पूर्णविक्रम शाह (पल शाह) थुनामै बस्नुपर्ने भएको छ ।

मंगलबार तनहुँ र यसअघि नवलपुर अदालतले उनलाई सफाइ दिएको थियो । बलात्कार मुद्दामा सफाइ दिए पनि नवलपुर अदालतले पललाई बाल यौन दुरुपयोगको कसूरमा दोषी ठहर गरेको थियो ।

बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै पललाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने फैसला गरेको थियो । जसकारण पल अझै डेढ वर्षभन्दा बढी कैद बस्नु पर्ने हुन्छ ।

पीडित भनिएकी किशोरीले नै अदालतमा बयान फेरेपछि यसअघि नवलपुर जिल्ला अदालतले बलात्कार मुद्दामा शाहलाई सफाइ दिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

पीडित होस्टाइल भएपछि नवलपुर अदालतले पललाई करणीको मुद्दामा सफाइ दिएको थियो भने बाल यौन दुरुपायोगको मुद्दामा दोषी ठहर गरी सजाय सुनाइएको थियो । नवलपुर जिल्ला अदालतले भदौ २१ गते फैसला गरेको थियो ।

पलविरुद्ध ११ फागुन २०७८ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी परेको थियो । फागुन १५ गते आफैं प्रहरी कार्यालय पुगेपछि उनी थुनामा पुगेका थिए ।

पीडित किशोरीले आफूमाथि पलले नवलपुरको गैँडाकोटस्थित होटलमा पनि बलात्कार गरेको भनेपछि नवलपुरमा पनि उनीमाथि अनुसन्धान अगाडि बढाइएको थियो ।

तनहुँ जिल्ला अदालतका जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानून व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिए । जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ ।

उनीमाथि लागेको नाबालिकामाथि बलात्कार अभियोगमा लामो समयदेखि टुंगो लाग्न सकेको थिएन । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको सो मुद्दामा आज सुनुवाई भएको हो ।

थप समाचार

पल शाह प्रकरणमा ट्वीस्ट : नाबालिग गायिकाले फेरिन् बयान

पल शाह पुर्पक्षका लागि जेल चलान

नायक पल शाह यसकारण दोषी हुन्

पल शाह प्रहरी नियन्त्रणमा

पल शाहविरुद्ध जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी