निर्दयी बाबु : पेट्रोल छर्किएर आगो लगाउँदा २ वर्षे छोराको ज्यान गयो, आमाको अवस्था गम्भीर


निर्दयी बाबु : पेट्रोल छर्किएर आगो लगाउँदा २ वर्षे छोराको ज्यान गयो, आमाको अवस्था गम्भीर

नेपालगन्ज १६ माघ : आफ्नै बाबुले पेट्रोल छर्केर आगो लगाइएका बाँके कोहलपुरको वडा नम्बर–२ शक्तिनगरका दुई वर्षीय नाबालकको मृत्यु भएको छ । आगोबाट जलेका २ वर्षीय प्रिन्स विकको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका–१ शक्तिनगरका ३० वर्षीय भानुभक्त विकले आईतबार बेलुका पत्नी गंगा विक र दुई वर्षीय छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए ।

लगत्तै आमा छोरालाई स्थानीयले उद्दार गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पु¥याइएको थियो । छोराको अवस्था गम्भीर थियो । थप उपचारका लागि नेपालगन्ज लगिए पनि उनी बाँच्न सकेनन् ।

बाबुले लगाएको आगोले दुई वर्षीय प्रिन्सको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

जलेर घाइते भएका दुवैलाई कोहलपुरमा उपचारपछि नेपालगन्ज स्थित भेरी अस्पतालमा ल्याइएको थियो । मल्लका अनुसार ती बालकको सोमबार बिहान ६ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते गंगाको भेरी अस्पतालमा उपचार भइरहेकोछ । उनको घाँटी र ढाडमा आगोले पोलेको छ । घाइते गंगाको शरीरको १८ देखि २० प्रतिशत भाग जलेको छ । घाँटीको भागमा बढी जलेकाले अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

भानुभक्तले पत्नी गंगालाई पाँच लाख रूपैयाँको हिसाब देखाउन भनेपछि विवाद भएको प्रत्यक्षदर्शीले जनाएका छन् । घटनाको समयमा भानुभक्तकी दिदी पनि घरमै थिइन् ।

सामान्य विवादमा भानुभक्तले पत्नी गंगा र छोरा प्रिन्समाथि पेट्रोल छर्केर आगो लगाएर फरार भएका थिए । उनलाई नेपाल–भारत सीमानाकाबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

‘भारत छिर्नै लाग्दा भानुभक्तलाई जमुनाहबाट पक्राउ गर्न सफल भएका छौँ,’ ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी मल्लले भने । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।