नरैनापुर (बाँके) १८ माघ : बाँके जिल्लाको भारतसँग सीमा जोडिएको नरैनापुर क्षेत्रको अनुगमन गरिएको छ । नरैनापुरको गंगापुरमा शुक्रबारबाट सुरु हुन लागेको मेलालाई ध्यानमा राख्दै सीमा क्षेत्रको अनुगमन गरिएको हो ।
बाँकेमा केही दिनअघि मात्रै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विपिन आचार्यको नेतृत्वमा सीमा क्षेत्रको अनुगमन गरिएको हो ।
आचार्यले सीमावर्ती क्षेत्रलाई प्राथमिकतामा राखेर आकस्मिक निरीक्षण गरेको बताइएको छ । शान्ति, सुरक्षालगायतका विषयमा सीमा क्षेत्रले मुख्य भूमि खेल्ने हुँदा यसको अवस्था बुझ्न जरुरी रहेको र त्यसका लागि सीमा क्षेत्रको अनुगमन गरिएको हो ।
सीमा क्षेत्रको अनुगमन गर्न पुगेका प्रजिअ आर्चायले ईलाका प्रशासन कार्यालय नरैनापुरको भवनको समेत निरीक्षण गरेका थिए । सोक्रममा गृह मन्त्रालयले कर्मचारी पठाउने बित्तिकै ईलाका प्रशासन सुरु गर्ने उनले बताए ।
पहिलो पटक नरैनापुर पुगेका प्रजिअ आचार्यलाई नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, वडा नम्बर–१ का अध्यक्ष इसाक जोलाह, वाड नम्बर–२ का अध्यक्ष मसूद अहमद शाह, र वडा नम्बर–४ का अध्यक्ष मनोज शर्मा लगायतले स्वागत गरेका थिए ।
प्रजिअ आचार्यले अनुगमनका क्रममा गैरकानूनी गतिविधिलाई नियन्त्रणमा लिँदै सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका थिए ।
‘सीमा क्षेत्र र पिलर (सीमा स्तम्भ)को अवस्था ठीकै रहेको छ,’ आचार्यले भने, ‘छोटी भन्सारहरू नचलेका कारण भारतबाट सामान खरिद गरेर आउँदा राजस्व तिर्न भने सर्वसाधारणले समस्या भोग्नुपर्ने अवस्था रहेको भेटिएको छ ।’
प्रजिअसंगै अनुगमनमा नरैनापुर गाँउपालिकाका अध्यक्ष शाह, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, अनुसन्धानका एसपी मोहन कुमार लगायतको सहभागिता रहेको थियो ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे