नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीलाई नेपालगन्जदेखि काठमाण्डौँबाट धनगढी लगियो


नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीलाई नेपालगन्जदेखि काठमाण्डौँबाट धनगढी लगियो

नेपालगन्ज १९ माघ : बाँकेको कोहलपुरबाट पक्राउ गरिएका नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य अरूणकुमार चौधरीलाई धनगढी लगिएकोछ । चौधरीलाई बिहीबार बेलुका श्रीएयरलाइन्सको विमान मार्फत धनगढी पु¥याइएको हो ।

बाँकेको कोहलपुरबाट पक्राउ परेका चौधरीलाई बिहीबार बेलुका नेपालगन्जदेखि काठमाण्डौं लगि त्यहीँबाट धनगढी पु¥याइएको हो । चौधरीलाई आज(बिहीबार) जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बताए ।

डीएसपी जोशीले उनलाई भोली (शुक्रबार) जिल्ला अदालतमा पेश गरिने बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

१३ वर्ष अघिको आगजनीको मुद्दामा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय सुनाएको थियो । बिहीबार अपराध अनुसन्धान महाशाखाको टोलीले बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो । बाँकेबाट श्रीएयरलाइन्सको विमानबाट काठमाडौं लगिएको थियो ।

चौधरी पक्राउ परेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले कैलालीको बौनियामा प्रदर्शन गरेको थियो भने भोलि कैलालीमा यातायात बन्द गर्ने चेतावनी दिएको छ ।

सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी ठहर भएका चौधरी कैद सजाय भोग्न नेपालगन्जबाट काठमाण्डौं लगिन लागेको हो ।

अदालतले ६ महिना कैद सुनाए पनि प्रहरीले उनीहरुलाई पक्राउ गरेर फैसला कार्यान्वयन गराएको थिएन ।

चौधरी गएको प्रतिनिधि सभा निर्वाचनमा आफैं मनोनयन दर्ता गर्नेदेखि प्रचार–प्रसारमा सहभागी थिए । तर, फरारको सूचीमा रहेका उनलाई त्यतिबेला प्रहरीले पक्राउ गरेको थिएन ।

थप समाचार

नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी पक्राउ, जेल सजाय भोग्न श्री एयरलाइन्समा नेपालगन्जबाट काठमाण्डौं लग्दै