नेपालगन्ज १९ माघ : बाँकेको कोहलपुरबाट पक्राउ गरिएका नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य अरूणकुमार चौधरीलाई धनगढी लगिएकोछ । चौधरीलाई बिहीबार बेलुका श्रीएयरलाइन्सको विमान मार्फत धनगढी पु¥याइएको हो ।
बाँकेको कोहलपुरबाट पक्राउ परेका चौधरीलाई बिहीबार बेलुका नेपालगन्जदेखि काठमाण्डौं लगि त्यहीँबाट धनगढी पु¥याइएको हो । चौधरीलाई आज(बिहीबार) जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बताए ।
डीएसपी जोशीले उनलाई भोली (शुक्रबार) जिल्ला अदालतमा पेश गरिने बताए ।
१३ वर्ष अघिको आगजनीको मुद्दामा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय सुनाएको थियो । बिहीबार अपराध अनुसन्धान महाशाखाको टोलीले बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो । बाँकेबाट श्रीएयरलाइन्सको विमानबाट काठमाडौं लगिएको थियो ।
चौधरी पक्राउ परेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले कैलालीको बौनियामा प्रदर्शन गरेको थियो भने भोलि कैलालीमा यातायात बन्द गर्ने चेतावनी दिएको छ ।
सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी ठहर भएका चौधरी कैद सजाय भोग्न नेपालगन्जबाट काठमाण्डौं लगिन लागेको हो ।
अदालतले ६ महिना कैद सुनाए पनि प्रहरीले उनीहरुलाई पक्राउ गरेर फैसला कार्यान्वयन गराएको थिएन ।
चौधरी गएको प्रतिनिधि सभा निर्वाचनमा आफैं मनोनयन दर्ता गर्नेदेखि प्रचार–प्रसारमा सहभागी थिए । तर, फरारको सूचीमा रहेका उनलाई त्यतिबेला प्रहरीले पक्राउ गरेको थिएन ।
थप समाचार
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल