नेपालगन्ज मोडेल र त्रिभुवन माविको जित


नेपालगन्ज मोडेल र त्रिभुवन माविको जित

नेपालगन्ज २२ माघ : नेपालगन्ज मोडेल एकेडेमी र त्रिभुवन माविले नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा आईतबार जित हाँसिल गरेका छन् । मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको पुरुष तर्फको खेलमा नेपालगन्ज मोडेल एकेडेमीले ज्योति स्पोर्टस एकेडेमी(बी)लाई ३० रनले पराजित गरेको थियो ।

टस हारेर ब्याटिङ गरेको नेपालगन्ज मोडेलले २० ओभर खेल्दै १ सय ५३ रन जोडेको थियो । नेपालगन्ज मोडेलका लागि कप्तान सुबेन्दु पाण्डेले सर्वाधिक ३२ रन र सद्दाम खानले ३० रन बनाए । ज्योति स्पोर्टसका लागि समिर रानाले सर्वाधिक ३ विकेट, सैजाद बागवान र दीपेश सिंजालीले २–२ विकेट लिए ।

जवाफमा ज्योति स्पोर्टस (बी) ले २० ओभरमा ९ विकेटको नोक्सानीमा एक सय २३ रन मात्र जोड्न सक्यो । ज्योतिका लागि समिरले अविजित २१ रन, सैजादले २० रन र दिपेश १८ रन बनाए । नेपालगन्ज मोडेलका जानु कसगर र सैबाजले ३–३ विकेट लिए । खेलमा जानु प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । उनलाई बाँके जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालयन शाहले पुरस्कृत गरेका थिए ।

महिलातर्फको खेलमा त्रिभुवन माविले नेपालगन्जको चन्द्र मेवालाल स्कुललाई सहजै १० विकेटले हरायो । टस जितेर ब्याटिङ गरेको चन्द्र मेवालाल स्कुलले ४७ रन मात्र जोड्न सकेको थियो । चन्द्र मेवालालका लागि आयिस्मा गिरीले सर्वाधिक १० रन बनाईन । अन्य खेलाडीले भने दोहोरो स्कोर बनाउन सकेनन् । त्रिभुवनकी लक्ष्मी रानाभाटले १ विकेट लिइन् ।

Kids Festival 2022
kanti aarogya hospital

४८ रनको लक्ष्य पाएको त्रिभुवनले ३ ओभरमा विना विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । त्रिभुवनका लागि वुमन अफ द म्याच श्वेता सुवेदीले सर्वाधिक १८ र बिमला बुढाले अविजित ११ बनाए । त्रिभुवनले खेलमा अतिरिक्त २० रन पाएको थियो । खेलमा प्लेयर अफ द म्याच बन्न सफल श्वेतालाई समाजसेवी रेखा विष्टले पुरस्कृत गरेको प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सोफियान खान पठानले बताए ।

बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगन्ज उप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको पुरुषतर्फ समुह ‘ए’ मा ज्योति स्पोर्टस एकेडेमी (ए), फालकोन स्पोर्टस क्लब, नेपालगन्ज थण्डर, थ्रीस्टार क्रिकेट क्लब, नेपालगन्ज मोडेल एकेडेमी र ज्योति स्पोर्टस एकेडेमी(बी), समुह ‘बी’मा श्रीचन्द्र मेवालाल स्कुल, भेरी रकर्स, बाँके बारियर्स, जागुअर स्पोर्टस क्लब, रनियापुर युवाक्लब रहेका छन् ।

यसैगरी समुह ‘सी’ मा मंगल प्रसाद स्कुल, मोर्डन पब्लिक स्कुल, अब्दुल्लाह लायन क्रिकेट क्लब, सेन्ट थोमस स्कुल, न्यु दर्पण युवाक्लब र समुह ‘डी’ मा नेपालगन्ज किङ, नेपालगन्ज–११ रकर्स, धारा मंगोलियन स्पोर्टस क्लब, बिरता क्रिकेट क्लब, नेपालगन्ज चाम्स र कोहलपुर स्पोर्टस एकेडेमी रहेको छ ।

यसैगरी महिलातर्फको समुह ‘ए’ मा नेपालगन्ज मोडेल एकेडेमी, त्रिभुवन स्कुल र श्री चन्द्र मेवालाल स्कुल तथा समुह ‘बी’मा होलिल्याण्ड स्कुल, मंगल प्रसाद स्कुल र बाल विद्या स्कुल रहेका छन् ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिलातर्फको प्लेयर अफ सिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याच बन्ने खेलाडीले नगद १ हजार पाउँनेछन् ।

प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउनेछन् । प्रतियोगिता अन्तर्गत सोमबार पुरुषतर्फ भेरी रकर्स र बाँके बारियर्सबिच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ चन्द्र मेवालाल र नेपालगन्ज मोडेल एकेडेमीबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

थप समाचार

होलिल्याण्ड र अब्दुल्लाहको विजयी सुरुआत

बाँकेको क्रिकेटलाई पुरानै लयमा फर्काउन नेपालगन्जमा मेयर तथा उपमेयर कप