आयोजक जय किसान र सहारा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश


आयोजक जय किसान र सहारा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

नेपालगन्ज २५ माघ : कृष्ण खत्री क्षेत्रीले प्रतियोगिताको पहिलो ह्याट्रिक गरेपछि आयोजकजय किसान स्पोर्टस क्लब दोस्रो स्वर्गीय श्यामथापा स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार आयोजक जय किसान स्पोर्टस क्लबले मोडल क्लबलाई ४–० ले सहजै पराजित गरेको छ । जय किसानका लागि कृष्णले २४औं, ५२औं र ५४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

जय किसानका लागि अर्को गोल निशान डाँगीले खेलको १९औं मिनेटमा गरेका थिए । अब जय किसानले प्रतियोगिताको पहिलो सेमिफाइनलमा खजुरा युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी बुधबार भएको अर्को खेलमा लगातार जित हासिल गर्ने क्रममा सहारा इन्डियाले न्यु डाँफे क्लबलाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको छ । निर्धारित समय गोलरहित बराबरीमा खेल सकिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

खजुरा गाउँपालिका वडा नम्बर १ स्थित मैटहवा माविको खेल मैदानमा भैरहेको प्रतियोगितामा शुक्रबार दोस्रो सेमिफाइनलमा सहाराले बागमती स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

जय किसान स्पोर्टस क्लवले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल माघ २९ गते हुनेछ । नकआउटको आधारमा भैरहेको प्रतियोगितामा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले एक लाख २१ हजार, उपविजेताले ६१ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले बताएका छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबले जनाएको छ ।

सोमबार मोडेल क्लवविरुद्ध एफसी–११ बर्दिया र न्यू डाँफे स्पोर्टस क्लवविरुद्ध रारा जनचेतना युवा क्लबकाबीचमा हुनेछ ।

थप समाचार

खजुरा युनाइटेड र सहारा इन्डियाको जित