आयोजक जय किसान स्पोर्टस फाइनलमा प्रवेश


आयोजक जय किसान स्पोर्टस फाइनलमा प्रवेश

नेपालगन्ज २६ माघ : कृष्ण क्षेत्रीले लगातार दोस्रो ह्याट्रिक गरेपछि आयोजक जय किसान स्पोर्टस क्लब दोस्रो स्वर्गीय श्यामथापा स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहिबार खजुरा गाउँपालिकाको वडा नम्बर–१ स्थित मैटहवा माविमा भैरहेको प्रतियोगितामा जय किसानले खजुरा युनाइटेडलाई ३–० ले पराजित गरेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा कृष्णले खेलको ५९औं मिनेट, ६९औं मिनेट र ८०औं मिनेटमा गोल गर्दै टोलीलाई फाइनलमा पुग्न योगदान गरेका छन् ।

यसअघि कृष्णले ह्याट्रिक गरेपछि बुधबार भएको क्वाटरफाइनलमा जय किसान स्पोर्टस क्लबले मोडल क्लबलाई ४–० ले सहजै पराजित गरेको थियो । अब माघको २९ गते हुने प्रतियोगिताको फाइनलमा जय किसान स्पोर्टस क्लबले सहारा क्लब इन्डिया र बागमती स्पोर्टस क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Kids Festival 2022
kanti aarogya hospital

प्रतियोगिता अन्तर्गत शुक्रबार हुने दोस्रो सेमिफाइनलमा सहारा र बागमती बिच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।

नकआउटको आधारमा भैरहेको प्रतियोगितामा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २१ हजार, उपविजेताले ६१ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले बताएका छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबले जनाएको छ ।

थप समाचार

आयोजक जय किसान र सहारा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश