उपाधिका लागि आयोजक जय किसान र बागमती भिड्ने


उपाधिका लागि आयोजक जय किसान र बागमती भिड्ने

नेपालगन्ज २७ माघ : दोस्रो स्वर्गीय श्याम थापा स्मृति फुटबल प्रतियोगिताको फाइनलमा आयोजक जय किसान स्पोर्टस क्लब र बागमति स्पोर्टस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।

शुक्रबार बागमतिले सहारा क्लब इन्डियालाई २–१ ले पराजित गरेको छ । खजुरा गाउँपालिका वडा नम्बर– १ मैटहवा माविको खेल मैदानमा बागमतिका लागि सबिन गुरुङले दुई गोल गरे । उनले खेलको ३८औं मिनेट र ५२औं मिनेटमा गोल गरेका थिए । सहाराका लागि कपिल ढकालले ४९ औं मिनेटमा गोल गरेका थिए ।

गत बिहीबार भएको सेमिफाइनलमा कृष्ण क्षेत्रीले लगातार दोस्रो ह्याट्रिक गरेपछि आयोजक जय किसान स्पोर्टस क्लब दोस्रो स्वर्गीय श्यामथापा स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।

जय किसानले खजुरा युनाइटेडलाई ३–० ले पराजित गरेको थियो । अब प्रतियोगिताको फाइनल खेल आईतबार हुनेछ । जय किसान स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

प्रतियोगिताको विजेताले एक लाख २१ हजार, उपविजेताले ६१ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले बताएका छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबका महासचिव दीपु रानाले बताए ।

थप समाचार

आयोजक जय किसान स्पोर्टस फाइनलमा प्रवेश