खेलमैदान अभावमा नेपालगन्ज मेयर कप क्रिकेटका पाँच खेल कोहलपुरमा


खेलमैदान अभावमा नेपालगन्ज मेयर कप क्रिकेटका पाँच खेल कोहलपुरमा

File Photo

नेपालगन्ज १ फागुन : खेलमैदानको अभावमा नेपालगन्ज मेयर तथा उप–मेयर कप क्रिकेट प्रतियोगिताको पाँच खेलहरु कोहलपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने भएका छन् । प्राविधिक कारणले मंगलबार र बुधबार लिग चरणका पाँच खेल कोहलपुर गर्ने आयोजकले तयारी गरेको छ ।

जारी प्रतियोगिताका खेलहरु नेपालगन्ज स्थित मंगलप्रसाद उच्च माविको खेल मैदानमा भैरहेको थियो । तर, विद्यालय स्तरको रनिङ शिल्ड प्रतियोगिता तयारीको लागि मंगल प्रसाद उच्च माविले मैदान आवश्यक परेका भन्दै आयोजकलाई केही दिन प्रतियोगिता अन्यत्र गर्न अनुरोध गरेको थियो ।

जसका कारण मंगलबार र बुधबार दुई दिन कोहलपुर स्थित क्रिकेट मैदानमा खेलहरु आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खानले बताए ।

दुई दिनमा लिग खेल अन्तर्गतका ५ खेलहरु कोहलपुुर मैदानमा हुने उनले बताए । सेमिफाइनल र फाइनल खेल भने रनिङ शिल्ड सकिएपछि मंगलप्रसाद उच्च माविकै मैदानमा गर्ने तयारी भएको प्रतियोगिता संयोजक खानले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

प्रतियोगितामा सोचेभन्दा धेरै टिमले सहभागिता जनाएका कारण पनि समयमै सम्पन्न गर्न कठिन भएको उनले बताए । प्रतियोगिताको महिला उपमेयर कप प्रतियोगितातर्फ नेपालगन्ज मोडेल एकेडेमी र होलिल्याण्ड स्कुल फाइनलमा पुगिसकेका छन् ।

बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगन्ज उप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिलातर्फको प्लेयर अफसिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याच बन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।

प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघले बताएको छ ।

थप समाचार

नेपालगन्ज मोडेल, मंगल र मंगोलिनको जित