दोस्रो हिमालयन साईन्स फेस्टिबल

विज्ञान, प्रविधि र नयाँ खोजका बारेमा उत्प्रेरणा जगाइँदै


विज्ञान, प्रविधि र नयाँ खोजका बारेमा उत्प्रेरणा जगाइँदै

नेपालगन्ज २ फागुन : नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ अनुसन्धान गरिरहेका विद्यार्थीलाई उत्प्रेरणा प्रदान गर्न आयोजना गरिएको हिमालन साईन्स फेस्टिवलको दोस्रो संस्करण नेपालगन्जमा सुरु भएको छ ।

मंगलबार नेपाल सरकारको सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले लुम्बिनी प्रदेश स्तरीय फेस्टिवलको उद्घाटन गरिन् । प्रविधिको प्रयोग गर्दै रिर्मोटबाट दीप प्रज्वलन गरेर प्रमुख अतिथि शर्माले फेस्टिवलको उद्घाटन गरेकी थिईन् ।

अबको युग प्रविधिको भएकोले राज्यले विज्ञान र प्रविधिको विकासमा ध्यान दिनु पर्ने अवस्था रहेको मन्त्री शर्माले बताईन । राज्यले अब नयाँ खोज, अनुसन्धान र प्रविधिको विकासको योजना बनाएर काम गर्नेमा उनले जोड दिईन । मन्त्रीले शर्माले भनिन्,‘हामीलाई एउटा सफटवेयर आवश्यक पर्दा विदेशमा बनाउनु पर्ने अवस्था छ । अहिलेको युगमा संसारसँग प्रतिस्पर्धा गर्ने हो भने त्यो प्रविधि हो । हामीले विकास र समृद्धि पनि प्रविधि बिना हासिल गर्न सक्दैनौं । हामीले अब विकासलाई प्रविधिसँग जोडन सक्नु पर्छ ।’

विज्ञान र प्रविधिको खोज र अनुसन्धानमा लागेको व्यक्तिसँग सहकार्य गरेर आफु काम गर्न तयार रहेको बताउँदै मन्त्री शर्माले यस्ता फेस्टिवलले विद्यार्थीहरुमा नयाँ उर्जा र हौसला थप्ने काम गरेको बताईन । राज्यस्तरबाट गर्नु पर्ने काम हिमालयन साईन्स फाउण्डेशनले गरेकोमा धन्यवाद दिदैं मन्त्री शर्माले देशमा बौद्धिक सम्पत्तिको पलायन हुने अवस्थालाई रोक्न पनि विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले लगानी गर्नु पर्ने आवश्यकता रहेको उनले बताईन ।

नेपालमा विज्ञान, प्रविधिक र अनुसन्धानलाई प्रोत्साहन गर्ने वातावरण सृजना गर्ने उद्देश्य सहित हिमालयन साईन्स फेस्टिवलको दोस्रो संस्करण भएको हो । फेस्टिवलमा विद्यालय स्तरका विद्यार्थीले आविष्कार गरेका विभिन्न ३५ प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको छ ।

बुधबार फेस्टिवलको समापनको अवसरमा उत्कृष्ट प्रोजेक्टहरुलाई आयोजकले पुरस्कृत गर्नेछ । कक्षा ८ देखि १२ सम्मका सरकारी र निजि विद्यालयका विद्यार्थीले आविष्कार गरेका विज्ञान र प्रविधिका ‘फोटोटाईप’ प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको छ । फेस्टिवलमा विभिन्न ९ विधामा विद्यार्थीले प्रोजेक्ट राखेका छन् ।

फेस्टिवललाई वालाबिज एजुकेशनल सर्भिसले मुख्य प्रायोजन गरेको छ भने प्याब्सन बाँके, प्याब्सन नेपालगन्ज र विज्ञान शिक्षक समाज नेपालले सहयोग गरेको छ ।

फेस्टिवलमा विश्वको प्रख्यात ब्राण्ड अमेरिकन कम्पनी एप्पलका पुर्व सफटवेयर आर्किटेक्ट विजय गौतम र नेपाल एकेडेमी अफ साईन्स एण्ड टेक्नोलोजीको(नास्ट) सिनियर साइनटिस्ट डाक्टर टिस्टा प्रसाई जोशीले निर्णायकको भुमिका निर्वाह गरेका छन् ।

मंगलबार आयोजक हिमालयन साईन्स फाउण्डेशनका अध्यक्ष एवम् फेस्टिवल संयोजक आतंक बस्नेतको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संविधान सभाको पुर्व उप–सभामुख पुर्णाकुमारी सुवेदी, नेपाल एकेडेमी अफ साईन्स एण्ड टेक्नोलोजी (नास्ट)को सिनियर साइनटिस्ट डाक्टर टिस्टा प्रसाई जोशी, सफटवेयर आर्किटेक्ट विजय गौतम, विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेश संयोजक यमनाथ पौडेल, प्याब्सन बाँके अध्यक्ष यम रावत, प्याब्सन नेपालगन्ज उप–महानगरपालिका अध्यक्ष विकास बज्राचार्य, फेस्टिवलको प्रायोजक आइ क्यासका सिइओ पदम भंटराई, एम्बिसन गुरुका जनरल म्यानेजर दिनेश कार्की लगायतको उपस्थिती रहेको थियो ।

थप समाचार

विज्ञान, प्रविधि र नयाँ खोजका बारेमा उत्प्रेरणा जगाउन हिमालयन साईन्स फेस्टिवल

एप्पलका विजय र नास्टकी टिस्टा नेपालगन्ज आउँदैं

हिमालयन साईन्स फेस्टिभलको दोस्रो संस्करण फागुनमा