भेरी रकर्स र कोहलपुरको सहज जित


भेरी रकर्स र कोहलपुरको सहज जित

नेपालगन्ज ३ फागुन : नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भेरी रकर्स र कोहलपुर स्पोर्टस एकेडेमीले जित हासिल गरेका छन् ।

कोहलपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भेरी रकर्सले रनियापुर युवा क्लबलाई ९ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको रनियापुरले १७.६ ओभरमा १० विकेटको नोक्सानीमा १ सय ६ रन बनाएको थियो ।
रनियापुरका लागि नफिज खानले अविजित ३४ रन र इरफान खानले ३४ रनको योगदान गरे । भेरी रकर्सका सहिब अन्सारीले ४ विकेट, सुरज दासले ३ विकेट र रकिन राना मगरले २ विकेट लिए ।

जवाफमा भेरी रकर्सले १४.१ ओभरमा १ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । भेरीका लागि साहिद अन्सारीले ६३ रन, समसुद्धिन अन्सारीले २४ रन र सद्धाव अन्सारीले अविजित १७ रन बनाए । रनियापुरका समसुद्धिन खानले १ विकेट लिएका थिए । खेलमा भेरी रकर्सका साहिद अन्सारी प्लेयर अफ द म्याच घोषित भए ।

अर्को खेलमा कोहलपुर क्रिकेट एकेडेमीले धारा मंगोलियन क्लबलाई १ सय ५ रनले पराजित गरेको छ । टस जितेर सुरुआतमा ब्याटिङ गरेको कोहलपुर क्रिकेट एकेडेमीले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ७२ रन बनाएको थियो । टोलीका लागि अनुपम सिंहले ३० रन, बिनायक गिरीले २८ रन, असमित शाहीले अविजित २२ रन, र लभकुश यादवले अविजित १८ रन बनाए । ओपनर दिपेन्द्र रावतले १९ रन बनाए ।

Kids Festival 2022
kanti aarogya hospital
add

वलिङमा मंगोलियनका हिमाल मल्ल र राजेन्द्र डाँगीले २–२ विकेट लिए । जवाफम मंगोलियनले १७.४ ओभरमा १० विकेटको नोक्सानीमा ६७ रनमात्र बनाउन सक्यो । टोलीका लागि मोहम्मद कामिलले २० रन बाहेक अन्यले राम्रो रन बनाउन सकेनन् ।

कोहलपुरका निशान्त आचार्यले २ विकेट लिए । खेलमा कोहलपुरका अशमित सहानी प्लेयर अफ द म्याच घोषित भए । बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगन्ज उप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिलातर्फको प्लेयर अफ सिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याच बन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।

प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघले बताएको छ ।

थप समाचार

घरेलु मैदानमा कोहलपुर स्पोर्टस एकेडेमीको जित